३० श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा बागमती प्रदेश अध्यक्ष गोले एमालेमा प्रवेश



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन्।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका हुन्।

एमाले अध्यक्ष ओलीले गोलेको नेतृत्व अनुभव, जनसम्पर्क र संगठन क्षमता पार्टीका लागि महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे।

एमाले प्रवेशपछि गोलेले आफूले राष्ट्रिय राजनीति स्थिरता, विकास र सुशासनका एजेण्डालाई अघि बढाउन एमाले रोजेको बताए।