काठमाडौँ । छाया सरकारका कृषिमन्त्री एवं नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले कम्तिमा एक महिना भएपनि मासु र रक्सिमा प्रतिवन्ध लगाउन माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेका हुन् ।
‘एक महिनाको लागि सरकारले देशलाई शाकाहारी घोषणा गरोस्, त्यतिमात्रै होइन सरकारले एक महिनाका लागि रक्सीमुक्त देश बनाओस् । सरकारलाई यही आग्रह गर्न चाहन्छु,’ चौधरीको माग थियो ।