काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई चन्दागिरिमा हिँउले स्वागत गरेको छ । आफ्नो ६७ औं जन्मदिन मनाउन शुक्रबार परिवारसहित चन्द्रागिरिमा पुगेका नेपाललाई हिँउले स्वागत गरेको हो ।
शुक्रबार मध्यान्ह पत्नी गायत्री नेपाल, भाइहरू विनोद नेपाल, सरोज नेपाल, बहिनीहरू इन्दिरा, बसुधा र बागमती प्रदेशकी सांसद रमा आले मगरलगायत चन्द्रागिरि पुगेका हुन्।
पूर्वप्रधानमन्त्री नेपालले भालेश्वर मन्दिरमा पूजाआजा गरी आगन्तुकलाई प्रसादसमेत बाँडेका थिए।