२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा ईश्वरको उम्मेदवारी घोषणापछि को–को समेटिए टिममा ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा भएपछि एमालेभित्र नेतृत्वको बहस सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि इच्छुक देखिएका बेला पोखरेलले उम्मेदवारी घोषणा गरेर बहस पेचिलो बनेको हो । एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने छ ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेलले आफ्नो टिमसमेत बनाउन सुरु गरेका छन् । उनले आफ्नो टिमको उपाध्यक्षमा सम्भवत: अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेलाई अघि सार्ने तयारी गरेका छन् । त्यसका लागि उनीहरुसँग छलफलसमेत भइसकेको छ ।

यसैगरी पोखरेलको समूहबाट महासचिवमा योगेश भट्टराई र गोकर्ण विष्ट आकांक्षी छन् । तर भट्टराईलाई महासचिवको उम्मेदवार बनाएर विष्टलाई उपमहासचिव दिने तयारी छ ।

यसैगरी पोखरेलको प्यानलबाट विन्दा पाण्डे, विनोद ढकाल, गोकुल बास्कोटा, रचना खड्का सचिवका दाबेदार देखिएका छन् ।

ओली समूहमा रहेका केही नेताहरुलाई समेत आफ्नो प्यानलमा ल्याउन पोखरेलले पहल गरिरहेका छन् । उनीहरुलाई दिन सकिने पदका विषयमा पनि यो समूहमा छलफल जारी छ ।

यता ओली पक्षले भने ११औं महाधिवेशनमा आफ्नो प्यानलको उम्मेदवारीबारे खासै छलफल चलाएको छैन । अध्यक्ष ओलीले जसलाई अघि बढाउन चाह्यो त्यही उम्मेदवार बन्ने भएकाले पनि यसमा छलफल नभएको हो ।

त्यसो त ओली र पोखरेल दुवै समूहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई साथ र सहयोग गर्नेहरु पनि छन् । उनीहरु सबै अहिले एक ठाउँमा आएका छैनन् । पोखरेल पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने पक्षमा छन् भने ओली कुनै पनि हालतमा सदस्यता नवीकरण नगर्ने अडानमा छन् ।

यो अवस्थामा महाधिवेशमा भण्डारीको भूमिका पनि एमाले महाधिवेशनमा निर्णायक हुने छ ।