काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास अभाव नहुने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टले फोन गर्नेवित्तिकै ग्यास पाउने बताएका हुन् ।
ग्यास अभाव नहुन आपूर्ति मन्त्रालय र नेपाल आयल निगमले छिटै हटलाइन टेलिफोन व्यवस्था गर्ने मन्त्री भट्टले बताए ।
उनले घरमा थप सिलिण्डर राख्नुनपर्ने पनि बताए । नेपालमा अहिले सबै उपभोग्य वस्तुको आपूर्ति सामान्य रहेको पनि मन्त्री भट्टले बताए ।