२१ भाद्र २०८३, आईतवार
,
Latest
गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना प्युठानको काईया राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट मृत्यु भएका परिवारलाई बीस हजार सहयोग



अ+ अ-

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना सङ्क्रमितका कारण ज्यान गुमाएकाको परिवारले रु २० हजारका दरले राहत प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७८/८९ मा विनियोजित गरेको रु तीन लाख ६० बजार बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सङ्क्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाइसकेका छन् । 

काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले भन्नुभयो, “ कोरोनाबाट ज्यान गुमाउनेको परिवारका लागि सानो भए पनि राहत होस् भन्ने हेतुले रकम प्रदान गरेका छौँ ,स्थानीय सरकारले घाउँमा मल्हममात्रै लगाउन खोजेको हो, कोरोनाका कारण बेरोजगार भएर नेपाल आएकालाई सीमानाकाबाट घर ल्याउने, क्वारेन्टिनमा राख्ने, परीक्षण, औषधोपचार तथा निःशुल्क एम्बुलेन्स सेवासमेत दिएको थियो ।”
 
गाउँपालिकाले कोरोनाका कारण बेरोजगार भएर घर फर्केकालाई प्राथमिकतामा राखेर प्रभानमन्त्री रोजगारी कार्यक्रमलाई आवद्ध बनाइराखेको छ । गाउँपालिकाले कोरोना महामारीमा काठमाडौँ, काँकडभिट्टा, सुनौलीलगायत नाकाबाट नागरिकको निःशुल्क उद्धारसमेत गरेको थियो । गण्डकी प्रदेश सरकारले समेत कोरोनाबाट मृत्यु भएकाको परिवारलाई जनही रु ५० हजार दिने निर्णय गरेको छ । यसअन्तर्गत बागलुङका १० मृतकका परिवारले रु ५० हजार राहत रकम पाइसकेका छन् भने अन्यको कागजात सङ्कलनको काम भइरहेको स्वास्थ्य कार्यालय का प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । 

जिल्लामा कोरोनाबाट मृत्यु भएको सङ्ख्या ७२ छ । तर बागलुङ ठेगाना भई अन्यत्र उपचारका क्रममा मृत्यु भएकाको सङ्ख्या जोड्दा १०० भन्दा बढी पुग्नेछ । उहाँले भन्नुभयो, “गाउँपालिकाको स्वास्थ्य शाखाबाट हामीले तथ्याङ्क लिइरहेका छौँ, सङ्कलित तथ्याङ्कबाट मासिकरूपमा हामीले भुक्तानी गर्ने गरेका छौँ ।”