२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

खर्च कटौतीले राष्ट्रिय राजमार्गकै बजेट रोकियोः सचिव शर्मा



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय सचिव केशव कुमार शर्माले खर्च कटौतीले राष्ट्रिय राजमार्गकै बजेट रोकिएको बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमवार बसेको बैठकमा उहाँले राष्ट्रिय राजमार्गका १ करोडमाथिको शिर्षकका बजेट रोकिएको जानकारी दिनुभयो । उहाँले खर्च कटौतीले सबैभन्दा बढी साना सहायक सडकहरु परेको बताउनु भयो । खर्च कटौतीको कारणले २० अर्व रुपैयाँ रोकिएको उहाँको भनाई छ ।

उहाँले ३ करोड रुपैयाँ भन्दा कमका योजना रोकिने भएकोले राष्ट्रिय राजमार्ग कै रकम पनि रोकिएको कारण समस्या भएको बताउनु भयो । राष्ट्रिय राजमार्गमा १ करोडमा हुने कामलाई ३ करोड बजेट छुट्याउन नमिल्ने उहाँको भनाई छ । यस विषयमा अर्थमन्त्रालयमा पटक पटक छलफल गरिएकोपछि एक करोड रुपैयाँ माथिका राष्ट्रिय राजमार्गका आयोजनाहरुको रकम फुकुवा गर्ने सहमति भएको जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवका आयोजना समेत बजेट एकमुष्ठ रोकिएकोले केही समय आयोजना कार्यान्यवयनको गतिमा समस्या परेको उहाँको भनाई छ । उहाँका अनुसार सडक विभागको पुँजीगत खर्चको प्रगति ९ दशमलब ६७ प्रतिशत रहेको छ । यातयात व्यवस्था विभाग र रेल विभागको प्रगति भने झनै कम रहेको उहाँले जानकारी दिनुभयो । जेन—जी आन्दोलनका कारण विभागको कार्यलयमा क्षति हुँदा काम गर्न नसकिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,‘खर्च कटौतीको कारणले २० अर्ब रोकिएको छ । सफ्टवेयरमा ३ करोड रुपैयाँ भन्दा सानो रोकिने भनेको कारणले होला राष्ट्रिय राजमार्ग कै रकम पनि खुलेको छैन । यी सबै कुराहरुमा हामीले पटक पटक अर्थमन्त्रालयमा छलफल गरिरहेका छौँ । राष्ट्रिय राजमार्गमा १ करोडमा हुने कामलाई ३ करोड बजेट छुट्याएर त हुँदैन नी । त्यसकारण एक करोड रुपैयाँ माथीका राष्ट्रिय राजमार्गका आयोजनाहरुको रकम फुकुवा गर्ने सहमति भएको छ ।  राष्ट्रिय गौरवका आयोजना समेत बजेट एकमुष्ठ रोकिएकोले केही समय हाम्रो आयोजनाका कार्यन्यवयनको गतिमा अहिले समस्या परेको छ । रेल विभागको पुर्वपश्चिम विधुतीय रेलमार्गको ठेक्का व्यवस्थापन भएकोमा जग्गाप्राप्तीको निर्णय गर्न नसकेको कारण समस्या भएको छ ।’

उहाँले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा दुई लेन कालोपत्रे १२९ किलोमिटर, ४ लेन वा सोभन्दा बढीको कालोपत्रे ७ किलोमिटर, ग्राभेल सडक निर्माण ३३ किलोमिटर र नयाँ ट्रयाक २७ किलोमिटर निर्माण भएको जानकारी दिनुभयो । ७ वटा पुलहरु निर्माण भएका छन् भने रेल विभागको ट्रयाकवेल निर्माण ३०० मिटर भएको छ । उहाँले शुरुको त्रैमासिक धेरै प्रक्रिया मात्रै मिलाउने भएकोले खर्च कम भएको बताउनुभयो । उहाँले सुरक्षण मुद्रण केन्द्र मार्फत सवारी चालक अनुमतिपत्र छपाई कार्य शुरु भएको पनि जानकारी दिनुभयो । केही समयपछि विभागबाट पनि छाप्ने तयारी रहेको उहाँको भनाई छ ।