२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब पूर्वयुवराज पारस पशुपति मन्दिर परिसरमा झाडु लगाउन आए…



अ+ अ-

पूर्वयुवराज पारस शाह हिजो (शनिबार) भिन्न रूपमा पशुपतिनाथ मन्दिर परिसरमा देखिए । गाडी चढेर पशुपतिनाथ मन्दिर पुगेका शाह त्यहाँ सरसफाइ कार्यक्रममा सरिक भएका हुन् । सरसफाइ अभियानका अभियान्ता केपी खनालको निम्तो स्वीकारेर पूर्वयुवराज शाह पशुपतिनाथ मन्दिर पुगेका थिए । पारसलाई माला लगाईदिएर अभियान्ता खनालले स्वागत गरेका थिए । अभियान्ता खनालले शाहलाई धेरैपटक कोशिस गरेर सरसफाइ कार्यक्रमसम्म ल्याउन पाएको पनि बताए।

‘हामी हर्षित छौं, पशुपतिको आँगन हेर्न पूर्वयुवराज आउनुभयो,’ खनालले भने, ‘हामी पढ्न छाडेर सरसफाइ अभियानमा जुटिरहेका छौं। सरसफाइका लागि पूर्वयुवराजलाई सडकमा ल्याउनु लाज हो।’ उनले मातृभूमिलाई बचाउनुपर्ने समय रहेको पनि बताए। ‘मातृभूमिलाई बचाउनुपर्ने समय छ। लड्नका लागि झाडु छ। बाटो होइन मनको सफाइका लागि झाडु लगाउनुपर्ने छ,’ खनालले भने।अभियान्ता खनालले पारसलाई पनि केही शब्द राख्न अनुरोध गरे तर उनी बोल्न चाहेनन् ।

लगत्तै उनले सरसफाइ अभियन्ताहरूसँग फोटो खिचाए। फोटो खिच्ने क्रममा शाहले ब्यानर पनि चाहिन्छ भनेका थिए। पूर्वयुवराज शाह पशुपति परिसरमा सरसफाइमा जुट्दा खुसी देखिन्थे।