२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको आन्तरिक विवाद : नेतृत्वलाई मनाउँदै दोस्रो तहका नेता



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वमा देखिएको आन्तरिक विवाद साम्य पार्न दोस्रो तहका नेता सक्रिय हुन थालेका छन् । एमसिसी र पछिल्लो पटक बामदेव गौतम प्रकरणमा नेतृत्वमा देखिएको तीव्र विवाद मिलाउन नेताहरू सक्रिय बनेका हुन् । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा रहेकाले बाहिरी विवाद मत्थर देखिएपनि आन्तरिक विवाद भने अझै सुल्झिएको छैन । राष्ट्रिय सभा सदस्यमा गौतमलाई पठाउने कि डा. युवराज खतिवडालाई निरन्तरता दिने भन्ने बारेमा सहमति बन्न सकेको छैन । प्रधानमन्त्री ओली स्वास्थ्य लाभ गरेर बालुवाटार फर्किएपछि सो विवाद समाधान गर्ने तयारीमा शीर्ष नेताहरू रहेका छन् ।

पार्टी उपाध्यक्षसमेत रहेका गौतमलाई राष्ट्रिय सभाको सदस्यमा सरकारकातर्फबाट मनोनयन गर्ने सचिवालयको निर्णय भएपनि कार्यन्वयन भएको छैन । प्रधानमन्त्री ओलीले सरकारको निर्णय आफूले गर्न पाउनुपर्ने तर्क गर्दै आएका छन् भने पार्टीको हरेक निर्देशन सरकारले मान्नुपर्ने अर्को पक्षको तर्क छ । प्रधानमन्त्री ओलीले तत्कालका लागि अर्थमन्त्री रहेका केन्द्रीय सदस्य खतिवडालाई नै सदस्यमा निरन्तरता दिने तयारीमा थिए । तर, सचिवालयले गौतमको नाममा सहमति जुटाएपछि विवाद चर्किएको थियो । सोही विषयबाट नेकपा देखिने गरी आन्तरिक विवादको चपेटामा परेको छ । कतिपय नेताले त पार्टी फुट्न सक्नेसम्मको संकेत गरे ।

तर, त्यसै समयमा प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेपछि यो विवाद केही समयलाई साम्य भएको छ । ओली विरामी परेसँगै विवाद थाति रहेका बेला शीर्ष नेताबीच मिलाउन दोस्रो तहका नेताहरू सक्रिय भएका हुन् । पार्टीभित्रको गतिविधिका विषयमा मुख्यतया प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मतभेद देखिँदै आएको छ । दुई नेताबीच केही समयदेखि निरन्तर दुरी बढ्न थालेको देखिएकाले मनमुटावका विषयमा बुझ्न अहिले दोस्रो तहका नेताहरू प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसँगको संवाद बढाएका छन् ।ती नेताहरूले पछिल्लो समय नेपाललाई पार्टीमा देखिएको विवाद मिलाउने अग्रसरता लिन दबाब दिइरहेका छन् ।

ओली पक्षमा रहेका कतिपय नेताहरू अहिले दैनिक जसो नेपाल निवास कोटेश्वरमा भेटिने गरेका छन् । उनीहरूले विवाद मिलाउने सक्रियता लिन नेपालसँग आग्रह गरेका हुन् । उसो त सचिवालयको निर्णय लगत्तै सतहमा देखिएको विवादलाई कम गर्न पनि नेता नेपाल नै सक्रिय थिए । उनी कहिले प्रचण्ड निवास खुमलटार त कहिले बालुवाटार गरिरहन्थ्ये । जसका कारण सरकारले राष्ट्रिय सभामा मनोनित गर्ने सदस्यको नाम अहिलेसम्म सिफारिस गरिसकेको छैन । नेता नेपालकै सुझावमा खतिवडालाई प्रधानमन्त्री ओलीले अस्पतालकै बेडबाट अर्थसहित सूचना तथा सञ्चारप्रविधि मन्त्रीमा पुनः नियुक्ति गरिसकेका छन् । तर, यही अवस्था रहे उनी भदौ २१ गते स्वतः पदमुक्त हुनेछन् ।

यसबीचमा यो विवाद समाधान गर्नुपर्ने चुनौति ओली समक्ष रहेको छ । प्रधानमन्त्री ओलीमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेको र केही दिनमा अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको छ । डिस्चार्जसँगै उनले बालुवाटारबाटै नियमित भेटघाट गर्न सक्ने चिकित्सकले जानकारी दिइसकेका छन् । जसका कारण उनी लामो समय नभएपनि केही समय संवाद गर्न सक्ने अवस्थामा रहनेछन् । बालुवाटार फर्किने वित्तिकै काम सुरु गर्ने पहिला नै घोषणा गरेका प्रधानमन्त्री ओलीले पार्टी विवाद मिलाउने नेताहरूको भनाइ छ । तत्कालीन हिसाबमा नेकपाभित्र तीन वटा दरिलो गुट देखिएको छ । प्रधानमन्त्री ओली, प्रचण्ड र नेपाल समूह गुट स्पष्ट देखिन्छ ।

नेपाल समूह जता गयो उही गुट दरिलो हुने अवस्था रहेकाले नेकपामा अब कस्तो राजनीति सुरु हुन्छ भन्नेमा स्वयं नेकपाकै नेताहरू अलमलमा रहेका छन् । पार्टीभित्र गुटगत हिसाबले पनि नेपाल शक्तिशाली देखिएका छन् । त्यसो त तत्कालीन एमालेभित्र प्रधानमन्त्री ओलीको खास मान्छेको रूपमा रहेका नेता नेपाल पार्टीभित्र एकतापछि अध्यक्ष दाहालतिर ढल्किएको भन्दै ओली पक्ष चिढिएको छ । नेता नेपालको पछिल्लो रणनीतिबारे खुल्न नसकेको उनी निकटका नेता नै बताउँछन् । त्यसो त अध्यक्ष दाहाल पनि मौन बसेका छैनन् । उनी आउँदो महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने कसरतमा अहिलेबाट लागेको कतिपय नेताहरूको बुझाइ छ ।

पार्टीभित्र कार्यकारी भूमिका पाएलगत्तै केही सक्रिय देखिएका अध्यक्ष दाहाल पछिल्लो समय धेरै खुलेका छैनन् । तत्कालीन एमाले खेमाभित्र उनले आफ्नो गुट बलियो बनाउन खोजेको देखिएको छ । गौतमलाई प्रत्यक्षतर्फ निर्वाचन पराजित भएपछि शक्तिमा ल्याउनकै लागि पार्टीको विधान संशोधन गरेर उपाध्यक्ष बनाइएको छ । जुन निर्णयमा ओली सकारात्मक भएका थिए । पछिल्लो समयमा नेता नेपाल प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच देखिएको फरक मतलाई मिलाउने कसरतको कारणले नेता नेपाल बालुवाटार र खुमलटारको दौडमा सक्रिय भएको नेकपा स्थायी कमिटी सदस्यहरू बताउँछन् । सौर्य दैनिक




भर्खरै