२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनटेष्ट जिप दुर्घटनामा पर्यो, एकको मृत्यु, तीनको अवस्था गम्भीर



अ+ अ-

बैतडी । धनगढीबाट दार्चुला जाँदै गरेको जिप बैतडीमा दुर्घटना भएको छ । दुर्घटनामा परि चालकको घटना स्थलमै मृत्यु भएको छ । जिपमा सवार छ जना घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । धनगढीबाट दार्चुला जादैं गरेको अनटेष्ट (१२५७) जिप आईतबार राति २ः१५ बजे बैतडीको पाटन नगरपालिका –६, पन्त्यौडा नजिक खोलामा २५० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिका –४, का ३५ वर्षिय जिप चालक धनसिंह बडाल रहेका छन् । गम्भीर घाईते हुने दार्चुला दुहु– गाउँपालिका–४ का हेमन्ती वम, हर्कसिह वडाल, सुरेन्द्र र वम रहेका छन् । गम्भीर घाईतेलाई बैतडीबाट रेफर गरिएको छ ।

जिपमा सवार प्रेम जोशी, धनराज जोशी, द्रोपती जोशी सामान्य घाईते भएका छन् । उनीहरुको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार ईरहेको प्रहरीले जानकारी दिएको छ ।