२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह मन्त्रालयको अनुरोध- लोलापानी हान्ने वा शरीरमा रङ तथा अबिर दल्नेजस्ता कार्य नगरौं



अ+ अ-

काठमाडौं। गृह मन्त्रालयले होलीका दिनमा भेला हुने, लोलापानी हान्ने वा शरीरमा रङ तथा अबिर दल्नेजस्ता कार्य नगर्न आमसर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरेर कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै होलीका अवसरमा विगतमा जस्तो लोलापानी हान्ने वा शरीरमा रङ तथा अबिर दल्नेजस्ता कार्य नगर्न आग्रह गरेको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा त्यस्ता कार्य गर्दा शरीरमा संक्रमण बढ्न सक्ने भएकाले सचेत रहन भनिएको छ । सरकारले कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि ठूला सभासमारोह, भेला तथा कार्यक्रम गर्न यस अघि नै रोक लगाइसकेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सन्निकट होलीमा विगतमा जस्तो भिडभाड, भेला, जम्मा हुने, लोलापानी फ्याक्ने, शरीरमा रङ, अबिर दल्ने कार्य जोखिमपूर्ण हुने हुँदा सो कार्य नगर्नु/नगराउन अनुरोध छ ।’

गृहले कोरोनाको संक्रमण रोक्न उपभोग्य वस्तु खरिद तथा भण्डारणमा हतार नगर्नसमेत सर्वसाधारणमा अपिल गरेको छ । कोरोनाको त्रासका कारण सार्वसाधारणले दैनिक उपभोग्य वस्तुका साथै ग्याँस भण्डारण गर्न थालेपछि गृह मन्त्रालयले सर्वसाधारणलाई आश्वस्त पार्दै आएको छ । मन्त्रालयले कालोबजारी वा कृतिम अभाव गराइएको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्नसमेत सबैमा आग्रह गरेको छ । राजधानी दैनिक




भर्खरै