२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब बेलायतका नेपालीले ग्लोबल आइएमई बैंकमा पाउण्डमै मुद्दती खाता खोल्न सक्ने



अ+ अ-

बेलायतस्थित नेपालीले अब ग्लोबल आइएमई बैंकमा पाउण्डमै मुद्दती खाता (फिक्सड् डिपोजिट अकाउण्ट) खोल्न सक्ने भएका छन् । बैंकको अल्डरसटस्थित सम्पर्क कार्यालयमा कार्यरत सिनियर बिजनेश डेभलप्मेन्ट म्यानेजर अमित चालिसेले बेलायतका नेपालीलाई लक्षित गर्दै बैंकले नयां ‘स्किम’ ल्याएको जानकारी दिए ।

उक्त खाता खोले वार्षिक ४ दशमलव ५ प्रतिशत ब्याज आउने, म्याचुरिटी भएपछि बैंकमार्फत आफ्नो सावा/ब्याज फिर्ता ल्याउन सकिने, त्रैमासिक ब्याज आउने, यूकेका अरु बैंकमा भन्दा बढि ब्याज पाइने, आफूले राखेको रकमबाट नेपालमा ९० प्रतिशतसम्म ऋण लिन सकिने, मोबाइल र इन्टरनेट बैंकिग सेवा उपलब्ध हुने जस्ता फाइदा रहेको पनि चालिसेले जनाए ।

ग्लोबल आइएमई बैंकको अल्डरसटस्थित सम्पर्क कार्यालयले विगत २ वर्षदेखि ग्राहकलाई सेवा दिइरहेको छ । उक्त कार्यालयबाट नेपालमा खाता खोल्ने देखि यस बैंकसंग सम्बन्धित अन्य सेवाबारे जानकारी लिन सकिन्छ । ग्लोबल आइएमई बैंकका १९ लाख ग्राहक छन् । बैंकको अधिकृत पूंजी करिब २५ अर्ब रुपैयां र चुक्ता पूंजी १९ अर्ब रुपैयां छ । यसका नेपालमा २६६ शाखा छन् भने एटिएम संख्या २५० छ । बैंकले भारत, बेलायत र अष्ट्रेलियामा सम्पर्क कार्यालय राखेर विदेशस्थित नेपालीलाई पनि सेवा प्रदान गरेको छ ।