२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब बेलायतका नेपालीले ग्लोबल आइएमई बैंकमा पाउण्डमै मुद्दती खाता खोल्न सक्ने



अ+ अ-

बेलायतस्थित नेपालीले अब ग्लोबल आइएमई बैंकमा पाउण्डमै मुद्दती खाता (फिक्सड् डिपोजिट अकाउण्ट) खोल्न सक्ने भएका छन् । बैंकको अल्डरसटस्थित सम्पर्क कार्यालयमा कार्यरत सिनियर बिजनेश डेभलप्मेन्ट म्यानेजर अमित चालिसेले बेलायतका नेपालीलाई लक्षित गर्दै बैंकले नयां ‘स्किम’ ल्याएको जानकारी दिए ।

उक्त खाता खोले वार्षिक ४ दशमलव ५ प्रतिशत ब्याज आउने, म्याचुरिटी भएपछि बैंकमार्फत आफ्नो सावा/ब्याज फिर्ता ल्याउन सकिने, त्रैमासिक ब्याज आउने, यूकेका अरु बैंकमा भन्दा बढि ब्याज पाइने, आफूले राखेको रकमबाट नेपालमा ९० प्रतिशतसम्म ऋण लिन सकिने, मोबाइल र इन्टरनेट बैंकिग सेवा उपलब्ध हुने जस्ता फाइदा रहेको पनि चालिसेले जनाए ।

ग्लोबल आइएमई बैंकको अल्डरसटस्थित सम्पर्क कार्यालयले विगत २ वर्षदेखि ग्राहकलाई सेवा दिइरहेको छ । उक्त कार्यालयबाट नेपालमा खाता खोल्ने देखि यस बैंकसंग सम्बन्धित अन्य सेवाबारे जानकारी लिन सकिन्छ । ग्लोबल आइएमई बैंकका १९ लाख ग्राहक छन् । बैंकको अधिकृत पूंजी करिब २५ अर्ब रुपैयां र चुक्ता पूंजी १९ अर्ब रुपैयां छ । यसका नेपालमा २६६ शाखा छन् भने एटिएम संख्या २५० छ । बैंकले भारत, बेलायत र अष्ट्रेलियामा सम्पर्क कार्यालय राखेर विदेशस्थित नेपालीलाई पनि सेवा प्रदान गरेको छ ।