२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

रु ४० लाख ५० हजारको रम्भादेवी छात्रवृत्ति



अ+ अ-

पाल्पा । मातृसेवा प्रतिष्ठान नेपाल ललितपुरद्वारा स्थापित रु ४० लाख ५० हजार राशिको रम्भादेवी छात्रवृत्ति वितरण गरिएको छ । पाल्पाली समाज पोखराको व्यवस्थापनमा पाल्पाको तानसेनमा प्राविधिक शिक्षा अध्ययनरत ८९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । प्रतिष्ठानले जिल्लामा प्राविधिक शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ उक्त छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको थियो ।

निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेय र मातृसेवा प्रतिठानका अध्यक्ष हरिप्रसाद पाण्डेले संयुक्तरुपमा विद्यार्थीलाई छात्रवृत्तिको रकम हस्तान्तरण गरिएको हो । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ वडाकै प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना थियो ।

निस्दी गाउँपालिकामा आठ, रामपुर नगरपालिकामा ११, पूर्वखोलामा छ, माथागढी गाउँपालिकामा आठ, रम्भा गाउँपालिकामा पाँच, तिनाउ गाउँपालिकामा पाँच, बगनासकाली गाउँपालिकामा १२, तानसेन नगरपालिकामा १७, रिब्दीकोट गाउँपालिकामा ११ र रैनादेवी छहरा गाउँपालिकामा आठ जनालाई छात्रवृत्ति हस्तान्तरण गरिएको छ ।

एक वडामा अधिकतमा रु ५० हजारसम्मको छात्रवृत्ति रकम प्रदान गरिएको थियो । रु ५० हजारभन्दा कम शुल्कमा पठनपाठन हुने विषयका विद्यार्थीले दुई जनासम्मलाई छात्रवृत्ति प्रदान गरिएको मातृसेवा प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद पाण्डेयले बताउनुभयो । रम्भादेवी छात्रवृत्ति विदेशीको सहयोगविना र आफ्नै पारिवारिक सहयोगमा स्थापना गरिएको उहाँले बताउनुभयो ।