काठमाडौं । वेलकम एडभरटाईजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लिले मिस नेपाल नर्थ अमेरिका, श्रेया गजुरेलसँग शुभकामना आदानप्रदान गरि होली मनाएको छ । साथै कोरोना भाईरसले परेको मनोसामाजिक असरले गर्दा यसपालि मास्क लगाएर होली मनाइएको हो ।
मिस नेपाल नर्थ अमेरिका श्रेया गजुरेलले आफ्नो मातृभूमीमा हराईरहेको धर्म संस्कृतिलाई निरन्तरता दिन जोड दिदै ब्यस्तताका बावजूद पनि अमेरिकाबाट नेपाल आएर वेलकम परिवारको साथमा सम्पूर्ण देशवाशीलाई होलीको शुभकामना प्रदान गर्नुभयो । उक्त अवसरमा एडमायर नेपालकी अध्यक्ष निता पौडेलले गजुरेललाई यस सामाजिक संस्थाको मानार्थ सदस्यता प्रदान गर्नुभएको थियो ।
वेलकमका संचालक श्री निर्मलराज पौडेल ज्युले होलीको शुभकामना दिदै नेपालीलाई कोरोना भाइरसबाट डराउनको साटो विज्ञद्धारा दिएको सल्लाह मानेर आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर अरुलाई पनि सहायता गर्दै २०७६ को हाली, ”मास्क होली” बनाउन सल्लाह र सुझाव दिनुभएको छ ।