२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको प्रकोप : नेपालमा नाकाबन्दीको संन्त्रास



अ+ अ-

काठमाडौं । विश्वभरी सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दी हुने आशंका व्यक्त गर्न थालिएको छ ।

चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आशंका गर्न थालिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले २०, ३० जना व्यक्तिमा मात्रै कोरोनाको संक्रमण देखिए नेपालमा नाकाबन्दी हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो । ‘भूकम्पपछि नेपालले व्यहोरेको नाकाबन्दी पीडादायि छ । ३०, ४० जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएमा त्यो भन्दा ठूलो पीडा हुन सक्छ’, उहाँले भन्नुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. राजेश कुमार शाहले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनु पर्ने बताउनुभएको छ । उहाँले जथाभावि भिडभाडमा नजान र जानै परे मास्क लगाएर जान आग्रह गर्नुभयो । ६० वर्षभन्दा माथिका नागरिक, डाइबिटीज, मुटु सम्बन्धि समस्या र दमका रोगीहरुलाई संक्रमणको दर बढी देखिएको उल्लेख गर्दै उहाँले समयसमयमा साबुनपानीले हात धुन आग्रह गर्नुभयो ।

पहिलो पटक कोरोनाको आशंकामा ट्रपिकल सेन्टरमा भर्ना भएका एकजनामा बाहेक यसको संक्रमण देखिएको छैन् । संक्रमण देखिएका व्यक्तिपनि उपचार पछि घर फर्किसकेका छन् । यद्यपी कोरोनाको आशंकामा परिक्षणका लागि अस्पताल पुग्नेहरुको संख्या भने बढीरहेको छ ।