१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

जैविक तटवन्धले जोगियो बस्ती (फोटो फिचर)



अ+ अ-

बर्दिया । हरेक वर्ष मनसुन शुरु हुनासाथ बाँके, बर्दिया, कञ्चनपुरका नदी तटिय क्षेत्रका बासिन्दाहरु त्रसित हुनुपर्थ्यो। गाउँ डुबानमा पर्थ्यो, खेतबारी बगर बन्थ्यो, घर छोडेर पशु–बालबच्चा बोकेर भाग्नुपर्थ्यो । तर अब त्यो डर हराएको छ ।

कारण– नदी किनारमा बाँस, घाँस र स्थानीय प्रजातिका बोटबिरुवाले बनाइएको २ सय २० मिटर लामो जैविक तटवन्ध । समुदायस्तरिय विपद् व्यवस्थापन समिति र स्थानीयको श्रमदानमा बनेको यो तटवन्धले कर्णाली र यसका शाखा नदीहरूको कटान तथा बाढी थेग्ने काम गरेको छ । बाँके, बर्दिया र कञ्चनपुरका दर्जनौं नदीतटीय गाउँहरूमा यस्तै जैविक तटवन्धले किसानको जीवन सहज बनाएको छ ।

जैविक तटवन्ध सस्तो, दिगो र वातावरणमैत्री मात्र होइन, स्थानीयले नै बनाउन र मर्मत गर्न सक्छन् । यो सफलताले बर्दियाका अन्य जोखिमयुक्त बस्तीहरूमा पनि यस्तै अभियान तिब्र बनेको छ ।

बाढीको कहर थेग्न अब स्थानीयको साथमा प्रकृतिको शक्ति पनि जोडिएको छ । आजको फोटो फिचरमा तटवन्ध जोगिएको बस्ती सम्बन्धी केही तस्बिरहरु । –न्युज एजेन्सी नेपाल