१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं । वर्तमान सरकार गठन र प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै आएको नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ ।

एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ गर्न लागिएको हो ।

स्थानीय तह र जिल्लामा शक्ति प्रदर्शन गरिसकेको एमालेले आज राजधानीमा सभा गर्न लागेको जनाएको छ ।

यो जनसभालाई एमालेले शक्ति प्रदर्शनको रुपमा अथ्र्याउँदै आएको छ । संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोध स्वरूप जनसभा गर्न लागिएको नेताहरुले बताएका छन् ।

एमालेले आजको प्रदर्शनमा ठूलो संख्यामा मानिसहरुलाई सहभागी गराउने दाबी गरेको छ ।

यसअघि हिजो एमालेले पार्टीको भोलेन्टियर फोर्स घोषणा गरेको थियो ।