काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेल जारी छ ।
टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले पोखरालाई १९४ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेटको क्षतिमा १९३ रन जोड्यो ।
उसका लागि जोस ब्राउनले ६८ रनको योगदान दिए । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । यस्तै विनोद भण्डारीले ४३ रनको योगदान दिए भने क्रीश लिनले ३१ रन जोडे । १३ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । यस्तै, दिपेन्द्र सिंह ऐरीले १५ रन जोडे ।
वलिङतर्फ पोखराका जेम्स निशमले तीन तथा डान डाउथवेट र आकश चन्दले दुई दुई विकेट लिए ।
पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग पराजित भएको थियो भने सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाइ हराएको थियो ।










