९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमरा घटनाः स्थानीय प्रशासन र जेनजीबीच छलफल हुँदै



अ+ अ-

काठमाडौँ । बाराको सिमरा क्षेत्रमा दुई दिनदेखि जारी तनावलाई समाधान गर्ने उद्देश्यले स्थानीय प्रशासन र जेनजी अगुवाहरूबीच आज शुक्रबार दिउँसो ३ बजे औपचारिक छलफल हुने भएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रका अनुसार छलफल पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा आयोजना गरिनेछ।

प्रजिअ मिश्रले सिमरा घटनापछि उत्पन्न परिस्थितिलाई शान्त पार्न तथा दुवै पक्षबीच बनेका विवाद र असमझदारी हटाउन संवाद महत्वपूर्ण हुने बताए।

जिल्ला प्रशासन कार्यालयले बिहीबार नै प्रदर्शनकारीलाई औपचारिक वार्ताका लागि आह्वान गरेको थियो। तर प्रदर्शनकारीहरूले वार्ता सिमरा आसपासकै क्षेत्रमा हुनुपर्ने माग राखेका थिए। शुक्रबारको छलफलमा जेनजी पक्षबाट पनि केही अगुवाहरू सहभागी हुने जानकारी प्रजिअ मिश्रले प्रदान गरे।

जेनजी युवाहरूले दिएको उजुरीका आधारमा स्थानीय प्रशासनले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ। नियन्त्रणमा परेकामध्ये जितपुर–सिमरा उपमहानगरपालिकाका एमालेबाट निर्वाचित दुई जना वडाध्यक्ष र एक जना स्थानीय युवा नेता रहेका छन्।

बुधबार एमालेलगत नेता–कार्यकर्ताले केही जेनजी युवामाथि गरेको कुटपिटपछि सुरु भएको तनाव अझै शान्त हुन सकेको छैन। कर्फ्यू आदेश जारी गरिँदा पनि जेनजी युवाहरूले बुधबार र बिहीबार दिनभर वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए।

आजको छलफलले दुई पक्षबीच बनेको तनाव न्यूनिकरण गर्ने अपेक्षा गरिएको छ।