लण्डन । कोरोना भाइरसको महामारी रोकथामका लागि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आपतकालिन बैठक डाकेका छन् ।
कोरोना भाइरसका कारण बेलायतमा तीन जनाको मृत्यु हुनुका साथै २ सय ७८ जना संक्रमित भएका छन् । ‘कोरोना भाइरसका केस युके र संसारभर नियमित रुपमा बढ्ने क्रम जारी छ । हामी पूर्ण रुपमा तयारी अवस्थामा छौँ । र पछिल्लो वैज्ञानिक सुझावका आधारमा यसबाट रोकथामका लागि निर्णयमा पुग्नेछौँ,’ जोन्सनले भनेका छन् ।
२०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर महामारीको रुपमा फैलिएको छ । हालसम्म एक लाख ६ हजार संक्रमित छन् भने ३ हजार ६ सयको मृत्यु भइसकेको छ ।