२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना रोकथामका लागि बेलायती प्रधानमन्त्रीले बोलाए आपतकालिन बैठक



अ+ अ-

लण्डन । कोरोना भाइरसको महामारी रोकथामका लागि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आपतकालिन बैठक डाकेका छन् ।

कोरोना भाइरसका कारण बेलायतमा तीन जनाको मृत्यु हुनुका साथै २ सय ७८ जना संक्रमित भएका छन् । ‘कोरोना भाइरसका केस युके र संसारभर नियमित रुपमा बढ्ने क्रम जारी छ । हामी पूर्ण रुपमा तयारी अवस्थामा छौँ । र पछिल्लो वैज्ञानिक सुझावका आधारमा यसबाट रोकथामका लागि निर्णयमा पुग्नेछौँ,’ जोन्सनले भनेका छन् ।

२०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर महामारीको रुपमा फैलिएको छ । हालसम्म एक लाख ६ हजार संक्रमित छन् भने ३ हजार ६ सयको मृत्यु भइसकेको छ ।