२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुघाखोकीले घरमै आराम गरिरहेका प्रचण्डको बामदेव निवासमा डिनर !



अ+ अ-


काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुघाखोकीले सताएपछि घरैमा आराम गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएको दिन पनि प्रचण्ड आरामै थिए घरमा । तर पनि राष्ट्रपतिदेखि धेरैजसो नेताहरुले अस्पताल पुगेर स्वास्थ्यलाभको कामना गरेका समाचारहरु आएपछि विशेष निगरानीमा रहेर प्रचण्ड पनि त्रिवि अस्पताल पुगेका थिए । उनले गत बुधबारबाटै घरमा आराम गरिरहेका छन् । उनलाई घरैमा भेट्न आउने कार्यकर्ता र नेतालाई पनि थोरैलाई मात्र भेट दिएका छन् । बताइएअनुसार उनी पारिवारको साथमा आराम गरिरहका छन् ।


तर पनि यसरी तीनदिन सम्म घरमै रहेका प्रचण्ड शनिवार साँझ भने उनी एक्कासी वामदेव गौतमको घरमा पुगे । प्रचण्ड बामदेवमै घर भँैसीपाटी पुगेको स्रोतले बतायो । केही महिनामात्र अघि उनी इश्वर पोखरेललाई भेट्न उनको निवास पुगेका प्रचण्ड प्रचण्ड विरलै मात्र आफूभन्दा जुनियर नेतालाई भेट्न घरमा या अन्यत्र कतै जाने गरेका छन् । तर पनि उनी पछिल्लो समयमा भने बामदेवको घरमा जाने गरेका छन् । प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गरेर फर्किएका प्रचण्डले कसैलाई भेट दिएका छैनन् र घर बाहिर पनि निस्किएका छैनन् । तर यसबीचमा शनिबार साँझ बामदेवा निवास पुगेका प्रचण्डले त्यहाँ करिब तीन घन्टा सँगै विताएका थिए । उनले बेलुकीको खाना पनि त्यहीँ खाएका बताइएको छ ।


अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा बामदेवलाई राष्ट्रिय सभाको सदस्य बनाउने विषयमा प्रधानमन्त्रीलाई नेकपा सचिवालयले निर्देशन गरेपनि त्यसो नगरी खतिवडालाई नै प्रधानमन्त्रीले अर्थमन्त्रीमा पुनः नियुक्त गरेपछि वामदेवको मनमा चिसो पसेको छ । त्यस लगत्तै गौतम निवासमा प्रचण्ड पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । गौतमको राष्ट्रिय सभायात्रा अहिले आएर अनिश्चित भएको बताउन थालिएको छ । यसैबेला प्रचण्ड गौतम निवास पुग्नुलाई राजनीतिक वृत्तमा बडो अर्थपूर्ण रुपमा लिइएको छ । यसअघि प्रचण्डपक्षीय केही नेताहरुसँग बामदेव निवास पुगेको भए पनि शनिबार साँझको भेटघाट र डिनर भने अत्यन्तै गोप्य रहेको भनिएको छ ।

गौतमसँग घरमै भेटघाट गरेपछि आइतबार विहान आफ्नो गृहजिल्ला चितवन पुगेका प्रचण्डले प्रधानमन्त्री ओली अस्पतालबाट निको भएर फर्केपछि राष्ट्रिय सभा सदस्यमा गौतमलाई मनोनय गर्ने बताएका थिए । खास काम केही नभएपनि उनी चितवनबाट आइतबार दिउसो नै फर्केका थिए ।