काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुघाखोकीले सताएपछि घरैमा आराम गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएको दिन पनि प्रचण्ड आरामै थिए घरमा । तर पनि राष्ट्रपतिदेखि धेरैजसो नेताहरुले अस्पताल पुगेर स्वास्थ्यलाभको कामना गरेका समाचारहरु आएपछि विशेष निगरानीमा रहेर प्रचण्ड पनि त्रिवि अस्पताल पुगेका थिए । उनले गत बुधबारबाटै घरमा आराम गरिरहेका छन् । उनलाई घरैमा भेट्न आउने कार्यकर्ता र नेतालाई पनि थोरैलाई मात्र भेट दिएका छन् । बताइएअनुसार उनी पारिवारको साथमा आराम गरिरहका छन् ।
तर पनि यसरी तीनदिन सम्म घरमै रहेका प्रचण्ड शनिवार साँझ भने उनी एक्कासी वामदेव गौतमको घरमा पुगे । प्रचण्ड बामदेवमै घर भँैसीपाटी पुगेको स्रोतले बतायो । केही महिनामात्र अघि उनी इश्वर पोखरेललाई भेट्न उनको निवास पुगेका प्रचण्ड प्रचण्ड विरलै मात्र आफूभन्दा जुनियर नेतालाई भेट्न घरमा या अन्यत्र कतै जाने गरेका छन् । तर पनि उनी पछिल्लो समयमा भने बामदेवको घरमा जाने गरेका छन् । प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गरेर फर्किएका प्रचण्डले कसैलाई भेट दिएका छैनन् र घर बाहिर पनि निस्किएका छैनन् । तर यसबीचमा शनिबार साँझ बामदेवा निवास पुगेका प्रचण्डले त्यहाँ करिब तीन घन्टा सँगै विताएका थिए । उनले बेलुकीको खाना पनि त्यहीँ खाएका बताइएको छ ।
अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा बामदेवलाई राष्ट्रिय सभाको सदस्य बनाउने विषयमा प्रधानमन्त्रीलाई नेकपा सचिवालयले निर्देशन गरेपनि त्यसो नगरी खतिवडालाई नै प्रधानमन्त्रीले अर्थमन्त्रीमा पुनः नियुक्त गरेपछि वामदेवको मनमा चिसो पसेको छ । त्यस लगत्तै गौतम निवासमा प्रचण्ड पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । गौतमको राष्ट्रिय सभायात्रा अहिले आएर अनिश्चित भएको बताउन थालिएको छ । यसैबेला प्रचण्ड गौतम निवास पुग्नुलाई राजनीतिक वृत्तमा बडो अर्थपूर्ण रुपमा लिइएको छ । यसअघि प्रचण्डपक्षीय केही नेताहरुसँग बामदेव निवास पुगेको भए पनि शनिबार साँझको भेटघाट र डिनर भने अत्यन्तै गोप्य रहेको भनिएको छ ।
गौतमसँग घरमै भेटघाट गरेपछि आइतबार विहान आफ्नो गृहजिल्ला चितवन पुगेका प्रचण्डले प्रधानमन्त्री ओली अस्पतालबाट निको भएर फर्केपछि राष्ट्रिय सभा सदस्यमा गौतमलाई मनोनय गर्ने बताएका थिए । खास काम केही नभएपनि उनी चितवनबाट आइतबार दिउसो नै फर्केका थिए ।