११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

त्रिविको ‘क्यामेरा भवन’ पुगेर सञ्चारमन्त्रीले भन्नुभयो– मन्दिर आएको अनुभूति भयो

त्रिविको ‘क्यामेरा भवन’ पुगेर सञ्चारमन्त्रीले भन्नुभयो– मन्दिर आएको अनुभूति भयो
अ अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको अवलोकन गर्नुभएको छ ।

मन्त्री खरेलले विभागको बल्खुस्थित ‘क्यामेरा भवन’ को आज स्थलगत अवलोकन गरी त्यहाँको शैक्षिक, प्राज्ञिक र भौतिक अवस्थाकाबारेमा जानकारी लिइ समस्या समाधानका लागि भूमिका खेल्ने बताउनुभयो ।

त्यसक्रममा सञ्चारमन्त्री खरेलले त्रिविको क्यामेरा भवन पुग्दा मन्दिर पुगेजस्तो अनुभूति भएको उल्लेख गर्नुभयो । “क्यामेरा भवनमा आउँदा श्रद्धा र सद्भाव अगाध रह्यो । मन्दिरमै आएको अनुभूति भयो”, उहाँले भन्नुभयो, “म सञ्चारमन्त्रीका रुपमा नभई विद्यार्थीको नाताले एउटा सपनाको घरमा आएजस्तो ‘फिल’ भयो किनकी रत्नराज्य क्याम्पसमा साँघुरो कक्षाकोठा, भौतिक पूर्वाधार र स्रोतसाधनको कमीका बाबजुद अध्ययन गरेको त्यो भोगाइ आज सुविधासम्पन्न भवनमा आउँदा नौलो अनुभूति भयो ।”

सञ्चारमन्त्री खरेलले विभागको शैक्षिक उन्नयनका लागि सरकारकोतर्फबाट आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख डा कुन्दन अर्यालले गुणस्तरीय शैक्षिक जनशक्ति उत्पादनमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो । उहाँले विभागलाई शैक्षिक उन्नयन र रचनात्मक कामका लागि वर्तमान सरकारको सद्भाव रहने विश्वास व्यक्त गर्नुभयो ।

विभागका उपप्राध्यापक डा देवराज अर्यालले ऊर्जाशील व्यक्तित्व सञ्चारमन्त्रीका रुपमा पाउदा केन्द्रीय विभागले विकासको अपेक्षा गरेको र त्यसमा मन्त्रीको तदारुकताले प्रतिफल दिने अपेक्षा गर्नुभयो ।

त्यसअघि सञ्चारमन्त्री खरेल क्यामेरा भवन पुग्दा विभागीय प्रमुख डा अर्यालले स्वागत गर्नुभएको थियो । सञ्चारमन्त्री खरेलले विभागको भवनभित्र कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडिओ, टेलिभिजन स्टुडिओ, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, आधुनिक सभाहललगायतको अवलोकन गर्नुभयो । विभागीय प्रमुख अर्यालले भवनभित्र शैक्षिक, प्रागिक र भौतिक अवस्थाको सञ्चारमन्त्रीलाई जानकारी गराउनुभयो ।

उहाँका अनुसार विभागले ‘डिजिटल मिडिया प्रडक्सन’ र ‘फिल्म स्टडिज’ को शैक्षिक कार्यक्रम छिट्टै सञ्चालन गर्ने तयारी गरेको छ । विश्वका विभिन्न विश्वविद्यालयसँग सहकार्य, अन्तरराष्ट्रिय सम्मेलनहरु, स्रोत साधन जुटाउनेलगायत कामलाई विभागले प्राथमिकता दिएको छ ।

लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पस परिसरबाट सञ्चालित केन्द्रीय विभाग दुई वर्षदेखि बल्खुस्थित आफ्नै क्यामेरा भवनबाट सञ्चालन भइरहेको छ । जहाँ स्नताकोत्तर तह र दर्शनार्थी (एमफिल) एवं विद्यावारिधि (पिएचडी) सम्मको कक्षा सञ्चालन हँुदै आएको छ ।

प्राध्यापक लालदेउसा राईसँग भेट

सञ्चारमन्त्री खरेलले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका संस्थापक एवं पत्रकारिता क्षेत्रका दिग्गज व्यक्तित्व प्राध्यापक
लालदेउसा राईसँग उहाँकै निवास पुगेर भेटवार्ता गर्नुभएको छ । मन्त्री खरेलले वनस्थलीस्थित राईको निवासमा पुगेर भेट गर्नुका साथै उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभयो । उहाँहरुबीच पत्रकारिता क्षेत्रको उन्नयन र विकास र पेसागत व्यावसायिकतालगायत सवालमा कुराकानी भएको थियो ।

सो अवसरमा सञ्चारमन्त्री खरेलले प्राध्यापक राईको सुस्वास्थ्य, दीर्घ जीवनको कामना गर्नुभयो । उहाँले भन्नुभयो, “हजुरले पढाएका धेरै विद्यार्थी पत्रकारिताको सम्पादकीय नेतृत्व तथा राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा पनि राम्रो काम गरिरहेका छन् त्यसैले हजुरप्रति सबै विद्यार्थीको माया, सम्मान र आत्मियता छ, हाम्रोतर्फबाट अझै दीर्घायु, सुस्वास्थ्य र शान्तिको कामना गर्दछौँ ।”

मन्त्री खरेलले नेपाली पत्रकारितालाई उचाइम पु¥याउन प्राध्यापक राईको महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले प्राध्यापक राईको सोच, ज्ञान र भावनाअनुरुप सरकारकोतर्फबाट गर्नसकिने विभिन्न काममा सहजीकरण गरिने विश्वास व्यक्त गर्नुभयो ।

प्राध्यापक राईले नेपालको पत्रकारितालाई दक्षिण एशियाकै नेतृत्वदायी भूमिकामा पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यावसायिक पत्रकारिता गर्न र पत्रकार बन्नका लागि गहिरो अध्ययन, खोज र अनुसन्धानमा दक्खल एवं सिर्जनशील हुनुपर्ने धारणा राख्नुभयो ।

राईले त्रिविअन्तर्गतको विभागमा करिब ४० वर्ष प्राध्यापन गराउनुभयो । उहाँले विसं २०३३ मा पत्रकारिताको अध्ययन सुरु भएसँगै बढाउन सुरु गर्नुभएको थियो । उमेरले ९२ वर्ष पुग्नुभएका राई अहिले पनि अध्ययन र लेखनमा सक्रिय हनुहुन्छ । उहाँ विगत एक वर्षदेखि स्वास्थ्यका कारण निवासमै आराम गरेर बस्नुभएको छ ।

सञ्चारमन्त्रीका साथमा विभागीय प्रमुख डा अर्यालसहित प्राध्यापक र विद्यार्थीसहित राईको निवास पुग्नुभएको थियो । विद्यार्थीले शिक्षकप्रति गर्ने सम्मान मन्त्री हुँदा पनि सञ्चारमन्त्री खरेलले गुरु लालदेउसा राईप्रति गरेको सम्मान सराहनीय कदम भएको विद्यार्थीहरुले बताएका छन् ।

विसं २०३३ देखि पत्रकारिता शिक्षाको प्रारम्भ भई पत्रकारिता विषयलाई विस्तार गरी गुणस्तरीय बनाउन अथक प्रयास भइरहेको विभागले जनाएको छ । विभागले २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ देखि विद्यावारिधि र २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो ।