१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई इन्फेक्सनको मुख्य चुनौती, अस्पतालको बसाइ लम्बाइयो



अ+ अ-

काठमाडौं । गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीमा इन्फेक्सनको मुख्य चुनौती देखिएको छ । उपचारमा संलग्न चिकित्सक मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीलाई इन्फेक्सन हुने भएकाले अस्पतालको बसाइ लम्बाइएको हो । उनले इन्फेक्सनबाट बचाउन प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखिएको जनाइन् । यद्यपि, प्रधानमन्त्री ओलीको डिस्चार्ज मिति तय नभएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

प्रत्यारोपणपछि भाइटल तथा ल्याब सूचकहरू अपेक्षाअनुरूप नै सुधार हुँदै गएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताए । मिर्गौला दाता समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको छ । प्रधानमन्त्री ओली र समीक्षाले सामान्य रूपमा आहारा लिन थालेका छन् । प्रधानमन्त्री ओलीलाई अझै नजिकका व्यक्तिसँग भेटघाट गर्न दिइएको छैन । प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन र फिजियोथेरापी गराउन थालिएको छ । उनलाई केही दिन हाइडोजको औषधि दिइने उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पतालका प्रत्यारोपण सर्जन प्रा।डा। प्रेम ज्ञवाली नेतृत्वको समूह खटिएको थियो । प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गराउनुअघि एक सातामा आफू निको भएर आउने वाचा गरेका थिए । वाचाअनुसारै उनी घर फर्कन चाहे पनि उपचारमा संलग्न चिकित्सकले इन्फेक्सन हुने भन्दै केही दिन अस्पतालमै आराम गर्न आग्रह गरेका हुन् । १२ वर्षअघि प्रधानमन्धी ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । राजधानी दैनिक