२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो रहनेछ बिहीबार सम्मको मौसम !



अ+ अ-

अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका अनुसार देशको केही पश्चिमी भू–भाग लगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक बदली र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ । मंगलबार दिउँसो देशभर आंशिक बदली रहनेछ ।

अपरान्ह पछि पूर्वी तथा मध्य पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आँशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । बुधबार पनि देशभर आँशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी तथा मध्य भू–भागका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावाना छ ।

बिहीबार देशभर आँशिक बदली रहनेछ । पहाडी भू–भागका १–२ स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावाना छ ।