१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

झिनो अंकले घट्यो शेयर बजार



अ+ अ-

काठमाडौँ । साताको अन्तिम शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीवार ०.९३ अंकले घटेर परिसूचक २५६०.१५ बिन्दु कायम भएको छ ।

बजारमा दिनभर उतारचढाव जस्तो देखिन्दा कारोबार रकममा भने वृद्धि भएको छ । आज दिनभरमा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा ११२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३२८ वटा कम्पनी कारोबारमा आउँदा ६६ हजार ७९ पटक शेयर किनबेच भएको छ । बजार घट्दा पनि ५ वटा कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ समूहमध्ये ६ समूह बढेको छ भने बाँकी ७ समूह घटेको छ । आज लगानीकर्ताले बढी होटल तथा पर्यटन समूहमा कमाएका छन् भने सबैभन्दा बढी फाइनान्स समूहमा गुमाएका छन् ।