२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनशक्ति नहुँदा एक्सरे मेसिन प्रयोग बिहीन



अ+ अ-

तनहुँ । प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा रहेको एक्सरे मेसिन प्रयोग बिहीन भएको छ । स्वास्थ्यसेवा विभागले प्रदान गरेको एक्सरे मेसिन चलाउने दक्ष जनशक्ति नहुँदा दुई वर्षदेखि प्रयोग मेसिन प्रयोग बिहीन भएको हो । स्वास्थ्य केन्द्रमा दैनिक ६०/७० जना बिरामी उपचारको लागि आउने गरेका छन् भने त्यसमध्ये लगभग १०/१५ जना एक्सरे गर्नुपर्ने भएपनि उनीहरुलाई सेवा दिन नसकिएको केन्द्रका प्रमुख डा. प्रकाश नेपालीले बताए । उनले भने, “ एक्सरे गर्नुपर्ने बिरामीलाई सिधैँ पोखरा पठाउँदै आएका छौँ ।”

भीमाद बजार क्षेत्रमासमेत रेडियोलोजिष्ट नहुँदा सेवाग्राहीले गुणस्तर सेवा पाउन सकेका छैनन् । उक्त स्वास्थ्य केन्द्रमा स्याङ्जाको चित्रेभञ्ज्याङ, घिरिङ, ऋषिङ, पाटनलगायतका क्षेत्रबाट बिरामी उपचारको लागि आउने गरेका छन् । पछिल्लो समय बीमा गरी उपचारको लागि आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको डा. नेपालीले बताए । “नेपाल सरकारबाट प्राप्त ६३ किसिमका औषधि निःशुल्क रुपमा वितरण गर्दै आएका छौँ । व्यवस्थापन समितिद्वारा निर्णय गरी बीमा नगरेका अन्य बिरामीका लागि फार्मेसीमा औषधि खरिद गर्दा ८ प्रतिशत छुटको व्यवस्था गरिएको छ”, उनले भने ।

उनका अनुसार गत आर्थिक वर्षमा रु १३ लाखको औषधि खपत भएको स्वास्थ्य केन्द्रले जनाएको छ । उक्त स्वास्थ्य केन्द्रमा चौबिसै घण्टा सेवा दिँदै आएइको छ । उनले भने, “डेलिभरी, आँखा उपचार, आकस्मिक लगायतका सेवा चौबिसै घण्टा दिँदै आएका छौँ ।” बिरामीको लागि फार्मेसीमा औषधि नभए मगाएर भए पनि सेवा दिने गरिएको र केन्द्रलाई १५ श्यया क्षमताको बनाउने तयारी भइरहेको उनले जानकारी दिए।