२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक किराँत महोत्सवबाट २० लाख बढी रूपैया संकलन



अ+ अ-

भद्रपुर । भद्रपुर स्थित किराँत कल्याण समितिले लगाएको ऐतिहासिक किराँत महोत्सवबाट २० लाख ६८ हजार २ सय रूपैया संकलन भएको छ ।
समितिले पत्रकार भेटघाट गरी १९ लाख २४ हजार ४१० खर्च तथा २० लाख ६८ हजार २ सय रूपैया आम्दानी भएको विवरण सार्वजनिक गरेको हो । माघ २५ गतेदेखि फागुन २४ गतेसम्म भद्रपुर ८ स्थित किराात कोलनीमा महोत्सव सञ्चालन भएको थियो ।

समितिकी कोषाध्यक्ष मञ्जु सुब्बाका अनुसार २९ दिनसम्म चलेको महोत्सवमा हाउजी खेलबाट १९ लाख तथा मेला भित्रका रमाइलो खेलहरूबाट एक लाख ६८ हजार दुई सय आम्दानी भएको थियो । जसमा मनोरञ्जनात्मक कार्यक्रमका लागि राष्ट्रिय तथा स्थानीय कलाकारलाई पारिश्रमिक वापत १६ लाख ८८ हजार ६० रूपैया खर्च भयो भने पण्डाल, स्टेज, चियापान र कलाकार होटल खर्च गरी एक लाख १६ हजार ३५० खर्च भएको थियो । महोत्सवबाट खर्चकटाएर १ लाख ४३ हजार ७९० रूपैया बचत भएको छ ।

बचत रकम निर्माणाधीन किराँत भवन निर्माणमा खर्च गरिने किराँत कलयाण समितिका पूर्व अध्यक्ष तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले जानकारी दिए । उनका अनुसार लक्ष्यभन्दा कम रकम उठेको यस महोत्सवलाई कोरोना भाइरसको त्रासले नकारात्मक प्रभाव परेपछि प्रशासनको अनुरोधमा रोकिएको हो ।