२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाभित्र पार्टी एकतामा मतभेद, नेकपा–मधेस केन्द्रित दल दुवैसँग वार्ता जारी



अ+ अ-

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)भित्र पार्टी एकतालाई लिएर स्पष्ट मतभेद सार्वजनिक हुँदै गएको छ।

नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्ने कि मधेस केन्द्रित दलहरूसँग सहकार्य गर्ने भन्ने विषयमा नेतृत्व तहमै फरक धारणा देखिएको हो।

एकता प्रक्रिया अघि बढाउन जसपाले संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा कार्यदल गठन गरेको छ। यही कार्यदलले शनिबार एकीकृत समाजवादीसँग वार्ता गरेको थियो।

वार्ता सकारात्मक भएकाले आइतबार पनि पेरिसडाँडामा अपराह्न ४ बजे बैठक बस्ने तयारी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

श्रेष्ठ नेकपा (एकीकृत समाजवादी)सँग नै एकता गरेर अघि बढ्नु उपयुक्त हुने पक्षमा छन्।

तर महासचिव मोहम्मद इस्तियाक राई, उपमहासचिव प्रदीप यादवलगायतका केही नेताहरू भने मधेस केन्द्रित दलहरूसँग नै सहकार्य गर्दै अगाडि जानुपर्ने पक्षमा छन्।

एक नेताका अनुसार, शीर्ष बैठकमा मिश्रित धारणा आएको भए पनि पार्टी अध्यक्ष अशोक राईले अहिलेसम्म आफ्नो स्पष्ट मत सार्वजनिक गरेका छैनन्।

जसपा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी लगायत मधेस केन्द्रित दलसँग पनि समानान्तर रूपमा छलफलमा छ।