काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा शक्तिशाली कुकर बम विष्फोट भएको छ । लोकन्थलीस्थित उनको निर्माणधीन घरमा आज बिहान ७ बजे कुकर बम विष्फोट गराइएको प्रहरीले जनाएको छ ।
निर्माणाधीन उनको घरको भित्तामा प्रेसरकुकर बम विस्फोट गराइएको र त्यसबाट घरको भित्तामा क्षति पुगेको घट्नास्थलमा पुगेको प्रहरीले जानकारी दिएको हो । उनको घरमा कसले र किन बम विस्फोट गराएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनी ७० करोड घुस काण्डमा मुछिएपछि राजीनामा दिएर बसेका छन् । भ्रष्टाचारमा मुछिएका कारणले उनको घरमा बम हानेको हुनसक्ने बताइए पनि त्यस विषयमा अनुसन्धान भइरहेको बताइएको हो ।