१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०)मा नेपालको सहभागिता प्रभावकारी भइरहेको बताउनुभएको छ ।

ब्राजिलको बेलेममा जारी उक्त सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुभएका उहाँले विभिन्न सत्रमा प्रभावकारी रूपमा नेपालको एजेण्डा प्रस्तुत गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

ब्राजिलबाट वन तथा वातावरण मन्त्रालयले भर्चुअल रूपमा आयोजना गरेको पत्रकार सम्मेलन मन्त्री डा परियारले भन्नुभयो, “यस पटक नेपालको प्रतिनिधिमण्डल तुलनात्मक सानो छ, तर राष्ट्रका मुद्दा उजागर गर्ने सन्दर्भमा उपलब्धीमूलक भइरहेको हामीले अनुभूति गरेका छौँ ।”

उहाँले सम्मेलनअन्तर्गत आइतबार भएको मन्त्रीस्तरीय सत्रलाई सम्बोधन गर्दै विकसित राष्ट्रहरूले विगतमा गरेका जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभएको जानकारी दिनुभयो । साथै उहाँले १.५ डिग्री सेल्सियसको लक्ष्य साकार राख्नका लागि उदाउँदो अर्थतन्त्रसहित सबै पक्षहरूले रचनात्मक रूपमा संलग्न हुनुपर्नेमा आफूले जोड दिएको उल्लेख गर्नुभयो ।

मन्त्री डा परियारले गत जेठमा काठमाडौँमा सम्पन्न सगरमाथा संवादको सन्दर्भ स्मरण गराउँदै युएनएफसिसिसी प्रक्रियामा हिमालसम्बन्धी एजेन्डालाई तुरुन्तै समावेश गराउनुपर्नेमा नेपाल प्रयासरत रहेको अवगत गराउनुभयो । सम्मेलन यही नोभेम्बर १० तारिखमा सुरु भएर २१ तरिखसम्म चल्नेछ ।

“सम्मेलनकै दौरान विभिन्न महत्त्वपूर्ण साइडलाइन भेटवार्ता पनि भएका छन्”, उहाँले भन्नुभयो, “हानिनोक्सानी कोषका कार्यकारी निर्देशक इब्राहिम चेइख डियोङसँग भएको भेट उपलब्धीमूलक भएको महसुस गरेको छु । उक्त भेटमा कोषबाट सञ्चालित हुने परियोजना नेपालमा प्राथमिकताका साथ लागु गर्नका लागि सकारात्मक छलफल भएको छ ।”

जलवायु परिवर्तनका असरबाट प्रभावित नेपालजस्ता मुलुकका लागि जलवायु वित्तमा वृद्धि, सहज पहुँच, प्रक्रिया सरलिकरण र प्रविधि हस्तान्तरणजस्ता विषयमा पनि नेपालले जोड दिएको उहाँको भनाइ छ ।

यसैगरी वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले सम्मेलनमा नेपालका तर्फबाट भइरहेका प्रयास र सहभागिता बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले सगरमाथा संवादका निष्कर्षका साथ युएनएफसिसिसी प्रक्रियामा हिमालसम्बन्धी एजेन्डालाई स्थापित गर्न आफूहरू लागिरहेको जानकारी गराउनुभयो । सम्मेलनमा नेपाल जलवायुजन्य हानिनोक्सानी, अनुकूलन, न्यूनीकरण, कार्बन वित्त र पेरिस सम्झौताको धारा ६, जलवायु वित्त, जलवायुका विषयमा पारदर्शिता ढाँचा, क्षमता अभिवृद्धि र प्रविधि हस्तान्तरण तथा जलवायु न्यायलगायतका विषयमा आधारित रहेर प्रस्तुत भइरहेको उहाँले बताउनुभयो ।

मन्त्री डा परियार यही नोभेम्बर १५ तारिखमा बेलेम पुग्नुभएको थियो । ब्राजिलस्थित नेपालका राजदूत निर्मलराज काफ्लेसहित कोप–३० मा सहभागी नेपाली सरकारी उच्च अधिकारीहरूले उहाँलाई स्वागत गर्नुभएको थियो । उहाँ नोभेम्बर १९ तारिखमा स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।