२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका लागि प्रस्तावित राजदूत पाण्डेविरुद्ध उजुरी आह्वान



अ+ अ-

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डे विरुद्ध उजुरी आह्वान गरिएको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले पाण्डे विरुद्ध उजुरी दिन सरकारी सञ्चार माध्यममा १० दिने सूचना निकाल्न निर्देशन दिएको हो । समिति सभापति लक्ष्मणलाल कर्णले मन्त्रिपरिषद्बाट चीनको आवासीय र उत्तर कोरिया तथा मंगोलियाको गैरआवासिय राजदूतका लागि प्रस्ताव गरिएका पाण्डे विरुद्ध उजुरी आह्वान गरिएको बताउनुभयो । समिति सदस्यहरुलाई पाण्डेको व्यक्तिगत विवरण वितरण गरिएको र गुनासो तथा सूचना संकलनका लागि उजुरी आह्वान गरिएको उहाँले बताउनुभयो ।

गत फागुन १८ गते बसेको मन्त्रिपरिषद बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो । पौडेललाई फिर्ता बोलाएर पाण्डेको नाम सिफरिस भएको थियो । समितिले नाम अनुमोदन गरेपछि मात्रै पाण्डे राजदूतमा नियुक्तिको बाटो खुल्ने छ ।