२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका लागि प्रस्तावित राजदूत पाण्डेविरुद्ध उजुरी आह्वान



अ+ अ-

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डे विरुद्ध उजुरी आह्वान गरिएको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले पाण्डे विरुद्ध उजुरी दिन सरकारी सञ्चार माध्यममा १० दिने सूचना निकाल्न निर्देशन दिएको हो । समिति सभापति लक्ष्मणलाल कर्णले मन्त्रिपरिषद्बाट चीनको आवासीय र उत्तर कोरिया तथा मंगोलियाको गैरआवासिय राजदूतका लागि प्रस्ताव गरिएका पाण्डे विरुद्ध उजुरी आह्वान गरिएको बताउनुभयो । समिति सदस्यहरुलाई पाण्डेको व्यक्तिगत विवरण वितरण गरिएको र गुनासो तथा सूचना संकलनका लागि उजुरी आह्वान गरिएको उहाँले बताउनुभयो ।

गत फागुन १८ गते बसेको मन्त्रिपरिषद बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो । पौडेललाई फिर्ता बोलाएर पाण्डेको नाम सिफरिस भएको थियो । समितिले नाम अनुमोदन गरेपछि मात्रै पाण्डे राजदूतमा नियुक्तिको बाटो खुल्ने छ ।