२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईँलाई ४ दिन हिरासतमा राख्न अनुमति



file photo
अ+ अ-

काठमाडौँ । गएराति पक्राउ परेका मेडिकल व्यवसायी तथा हालै राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना आन्दोलनका अगुवा बनेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरिएको प्रहरीको दाबी छ।

म्याद थपका लागि मंगलबार उनलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय लगिएको थियो। सो क्रममा प्रसाईंले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको हो भन्नेबारे स्पष्ट जानकारी नदिइएको दाबी गरे।

प्रसाईंलाई भड्काउपूर्ण अभिव्यक्ति दिँदै सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। उनका समर्थकले भने पक्राउको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका छन्।

प्रहरीले आवश्यक अनुसन्धानका लागि प्रसाईंलाई ४ दिनसम्म हिरासतमा राखेर कार्य अघि बढाउने जनाएको छ।