१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस भगाउन भन्दै मदिरा सेवन गर्ने ४४ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । कोरोनाभाइरस फैलिएसँगै त्यसबाट बच्नका लागि कमसल रक्सी पिउने ४४ जनाको मृत्यु भएको छ । इरानमा कोरोनाले २९१ जनाको ज्यान लिइसकेको छ भने ८ हजार ४२ जनालाई संक्रमित बनाएको छ ।

कमसल रक्सी सेवन गरेमा कोरोनाभाइरसबाट बच्न सकिन्छ भनी हल्ला फैलिएपछि धेरैले मदिरा सेवन गरे तर विषालु रक्सीले उनीहरूको ज्यान गयो ।

सबभन्दा बढी मानिस दक्षिणपश्चिममा रहेको खुजेस्तानमा मरे । त्यहाँ ३६ जनाको ज्यान गयो ।

सातजना चाहिँ उत्तरमा रहेको अल्बोर्जमा बिते भने एकजना पश्चिमको कर्मनशाहमा मरे ।

इरानमा मद्यपानमा प्रतिबन्ध लगाइएको छ तर गोप्य रूपमा ठर्रा पिउने गरिएको छ ।