५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय जनमत पार्टीले निर्वाचन आयोगमा दल दर्ताको प्रमाणपत्र लियो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

सो पार्टीका नेताहरुले मंगलबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा पुगेर दल दर्ताको प्रमाणपत्र लिएका हुन् ।

मधेसको सबै समस्या समाधान गर्नका लागि आफूले निर्वाचनमा भाग लिने उद्देश्यका साथ दल दर्ता गरी त्यसको प्रमाण पत्र बुझेको सो पार्टीका नेता इरफान हमसेखले बताउनु भयो । उहाँले आफूहरुले मधेशको समस्या बुझेकाले समाधान गरेर अघि बढने जिकीर समेत गर्नुभयो ।

नेता हमसेखले भन्नुभयो,‘मधेसको समस्या खत्तम गर्नका लागि पूर्वदेखि पश्चिमसम्म नै हाम्रो संगठन अलरेडी छदैछ । समस्याहरु पहिलेदेखिनै चिन्हित छन । त्यही समस्या खतम गर्नका लागि यो पार्टी हामीले गठन गरेका हौ । हामीले ४/५ वर्षदेखि काम गर्दै आएका छौ । हाम्रो संगठन पुरानै हो, दर्ता मात्रै हामीले अहिले गरेका हौँ ।’

दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको सो पार्टीको चुनाव चिन्ह डोजर रहेको छ । नेता हमसेखले मधेशमा विद्यमान भ्रष्टाचारलाई डोजर लगाएर समाप्त पार्न आफूहरु सफल हुने दाबी समेत गर्नुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि विभिन्न दलहरुले निर्वाचन आयोगमा दल दर्ताको कामलाई अघि बढाएका छन् ।