५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

उपप्रमुख डंगोलसँग फिनल्याण्डका राजदूतको भेट

उपप्रमुख डंगोलसँग फिनल्याण्डका राजदूतको भेट
अ+ अ-

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा चक्रीय अर्थव्यवस्था र सहरी आचरणका विषयमा आपसी अभ्यासका विषयमा कुराकानी भएको हो ।

चक्रीय अर्थव्यवस्थाको उदाहरणका रुपमा फोहर व्यवस्थापनको विषय उठाउँदै उपप्रमुख डंगोलले, फोहरबाट मोहर बनाउने अभियानमा लामो समयदेखि काम हुँदै आएको बताउनु भयो । फोहरलाई कम्पोष्ट गरेर मल बनाउने, यसरी बनाइएको मलको प्रयोग गरेर कौसी तरकारी खेती गरेर फल, फूल तथा तरकारी उब्जाउने कार्यक्रम महानगरपालिकाले नियमित सञ्चालन गरिरहेको बताउनु भयो ।

फोहरका रुपमा फालिएका कागज, प्लाष्टिक जस्ता वस्तु संकलन गरेर दैनिक उपभोग्य बस्तु, सजावटका सामान बनाउने यसलाई उद्यमका रुपमा विकास गर्ने कामलाई समुदाय स्तरमा सञ्चालन गरिएकोले यसबाट स्थानीय आयमा टेवा पुगेको उपप्रमुख डंगोलले बताउनु भयो । त्यस क्रममा राजदूत पुहाक्काले आफूहरुले मधेस र कर्णाली प्रदेशमा स्वच्छता तथा सरसफाईका लागि काम गरिरहेको बताउँदै महानगरपालिकासँग पनि सहकार्य गर्न इच्छुक रहेको बताउनु भयो ।