७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नाइजेरियाः बन्दुकधारी समूहद्वारा २५ छात्रालाई अपहरित

नाइजेरियाः बन्दुकधारी समूहद्वारा २५ छात्रालाई अपहरित
अ+ अ-

लागोस। एक आपराधिक गिरोहका बन्दुकधारीले सोमबार बिहान उत्तरपश्चिमी नाइजेरियाली किशोरी (छात्रा)हरूका लागि पठनपाठन हुने माध्यमिक विद्यालयमा छापा मारेर २५ जनालाई अपहरण गरेका छन् ।

उक्त अपहरणका क्रममा आक्रमणकारीले एक कर्मचारीको हत्या गरेका छन्। अशान्त उत्तरपूर्वी क्षेत्रको चिबोकबाट करिब ३०० बालिकाहरू अपहरण भएको र अन्तर्राष्ट्रिय आक्रोश मच्चिएको एक दशकभन्दा बढी समयपछि पछिल्लो आक्रमण भएको हो।

त्यसबेलादेखि विद्यालयका बच्चाहरूलाई संलग्न गरिएका अन्य अपहरणहरूका श्रृङ्खलाहरू पनि सार्वजनिक भएका छन् । प्रहरीले सोमबार भनेको छ, “अत्याधुनिक हतियारले सुसज्जित समूहले छिटपुट रूपमा गोली चलाउँदै स्थानीय समयअनुसार बिहान ४ः०० बजे केब्बी राज्यको सरकारी ‘गल्र्स कम्प्रिहेन्सिभ सेकेन्डरी स्कूल’मा आक्रमण गरेको थियो ।”

घटनापश्चात, प्रहरीलाई तैनाथ गरिएको तर दुर्भाग्यवस, अपहरणकारीले विद्यालयको बारलाई नाघेर पच्चीस जना विद्यार्थीहरूलाई उनीहरूको छात्रावासबाट अज्ञात गन्तव्यमा लगेका थिए।

संयुक्त राष्ट्रसङ्घका लागि तयार पारिएको एक प्रतिवेदनमा उक्त विद्यालयका उपप्रमुखको गोली लागेर मृत्यु भएको उल्लेख छ भने एक जना सुरक्षा गार्ड घाइते भएका छन् ।

अपहरण गरिएका विद्यार्थीहरूलाई उद्धार गर्न र गिरोहहरूलाई पक्राउ गर्ने प्रयास जारी रहेको प्रहरीले बताएको छ। प्रहरीले भनेको छ, “सेना, प्रहरी सामरिक एकाइहरू र स्थानीय सहयोगी लडाकूहरू ‘त्यस क्षेत्रमा तैनाथ गरिएको छ र उनीहरूले हाल लुटेराहरूको मार्ग र नजिकैको जङ्गलमा खोजी गरिरहेका छन्।”

नाइजेरियाको उत्तरपश्चिममा वर्षौंदेखि ‘डाकु’ भनेर चिनिने भारी सशस्त्र आपराधिक गिरोहहरूको वृद्धि भइरहेको छ । उनीहरूले गाईवस्तु चोर्ने, गाउँहरूमा छापा मार्ने, बासिन्दाहरूलाई अपहरण गर्ने र हत्या गर्ने र घरहरूमा लुटपाट मच्चाउने र आगजनी गर्ने गरेको पाइन्छ।

नाइजेरियाको उत्तरपश्चिम क्षेत्र अपहरणबाट सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ। अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देश नाइजेरिया सन् २००९ मा देशको उत्तरपूर्वी चाड बेसिनमा बोको हराम समूहको उदयपछि सशस्त्र हिंसाबाट ग्रस्त छ।

सन् २०१४ को अप्रिल १४ मा चिबोक शहरबाट २७६ जना स्कुले छात्राको अपहरण भएको घटना विश्वभर चर्चामा आएको थियो । बन्धकमध्ये १०० जना अझै बेपत्ता छन् ।

गत वर्षको मार्चमा अर्को उत्तरपश्चिमी राज्य कडुनाको कुरिगामा बन्दुकधारीले १३० भन्दा बढी स्कुले बालबालिकालाई अपहरण गरेका थिए । पछि उनीहरूलाई सकुशल रिहा गरिएको थियो।

नाइजेरियामा अपहरणको तथ्याङ्क मुख्य रूपमा यथार्थभन्दा कम सार्वजनिक गरिने गरेकोले अविश्वसनीय मान्ने गरिएको छ। सेभ द चिल्ड्रेनको गत वर्ष सार्वजनिक एक रिपोर्ट अनुसार नाइजेरियाका स्कूलहरूमा सन् २०१४ को सुरुदेखि सन् २०२२ को अन्त्यसम्म एक हजार ६८० भन्दा बढी विद्यार्थीहरू अपहरण गरिएको थियो।

देश धेरै मोर्चामा सुरक्षा चुनौतीहरूसँग जुधिरहेको बेला, बन्धक बनाउने कुरा राष्ट्रव्यापी बनेको र डाँकु गिरोह र जिहादीहरूको मनपर्ने रणनीति बनेको छ। (रासस/एएफपी)