७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

प्रेम सुवालले भनेः मुलुकले निर्वाचनबाटै निकास पाउँछ

प्रेम सुवालले भनेः मुलुकले निर्वाचनबाटै निकास पाउँछ
अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

सोमवार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर सो पार्टीका प्रेम सुवालगायतका नेताहरुले दल दर्ताका लागि निवेदन पेश गर्नुभएको हो ।

त्यसक्रममा नेता सुवालले सञ्चारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि आफूले पनि निर्वाचन आयोगमा निवेदन दिएको बताउनु भयो । उहाँले तत्कालका लागि मुलुकलाई निकास दिन निर्वाचनमा जानुको विकल्प नभएको समेत बताउनु भयो । तत्काललाई निर्वाचनमार्फत नै मुलुकलाई निकास दिन उपयुक्त हुने नेता सुवालको निष्कर्ष थियो ।

उहाँले भन्नुभयो,‘ निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको हुनाले त्यसका लागि हामी हामी आएका हौ । यो प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै निर्वाचनको प्रयोजनको लागि हो । अहिले तत्काललाई निर्वाचनबाटै निकास आउँछ । जनताको अभिमत लिएर जानु नै उपयुक्त हुन्छ । अरु उपाय छैन तत्काललाई ।’

नेता सुवालले वर्तमान सरकार निर्वाचन गराउने प्रयोजनका लागि बनेको पनि बताउनु भयो ।