५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ,सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै जिम्मेवार भएर अघि बढौँः व्यवसायी गुरुङ



अ+ अ-

काठमाडौँ । व्यवसायी मिनबहादुर गुरुङले सबै जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।

सोमवार कर दिवको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको तर्फबाट आफ्ना धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा आफ्ना १२ वटा भाटभटेनी पूर्ण रुपमा नष्ट भएको र अन्य धेरै भाटभटेनीमा ठूलो क्षति पुगेको बताउनु भयो । अझै पनि आफूले हिम्मत नहारेको र अझै अघि बढ्ने अठोट व्यक्त गर्नुभयो । उहाँले दशैँ, तिहार र छठका लागि स्टक गरिएका धेरै सामानहरु भाटभटेनीबाट आन्दोलनका क्रममा लुट्ने र जलाउने काम भएको बताउनु भयो ।’

‘आफूमाथि धेरै युवाहरुको जिम्मेवारी, बैंकहरुको लगानी रहेकाले व्यवसायबाटै अघि बढ्ने निचोड आफूले निकालेको बताउनु भयो । नेपालमा विपन्नताकै कारण आन्दोलन भइरहेको भन्दै जिम्मेवार नहुनु पनि आन्दोलनको कारण रहेको बताउनु भयो । भाटभटेनिमाथि कुनै एउटा पार्टीको भवन बनाइदिने कुराले भएको भन्दै राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने भन्नेकुरा आफ्नो इच्छाको कुरा भएको बताउनु भयो । आफूले डा. भगवान कोईरालाको नेतृत्वमा बनेको बाल अस्पताल बनाइदिएको, विपन्न र जेहेन्दार विद्यार्थीलाई एमबिबिएस पढाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गत भाद्र २३ र २४ गते जेनजी ठूलो आन्दोलन भयो । पहिला पहिला १५ देखि २० वर्ष लाग्थ्यो । अहिले जेनजीले २ दिनमै सत्ता उलटपुलट गरिदिए । यसमा हामी सबै अलि गम्भीर हुनुपर्छ । हामी गम्भीर भएनौँ भने अर्को आन्दोलन हुन्छ, अर्को आन्दोलन भए न मेरो भाटभटेनी रहन्छ, न कसैको लगानी बाँकी रहन्छ । यो आन्दोलनमा घुसपैठ भएर होला, धेरै ठूलो क्षति भयो । दशैँ,तिहार, छठ आउँदै गरेकाले ठूलो स्टक राखेका थियौँ । यो दुःखद् घटनापछि पनि मैले अघि बढ्ने हिम्मत गरेको छु, म अघि बढ्छु, कारण के भने म मा जिम्मेवारी छ, बैंकको लगानी छ, मसँग आवद्ध हजारौँ भाइबहिनी हुनुहुन्छ, त्यो भन्दा ठूलो मेरो देश छ । हामी अलि विपन्न भएको कारणले नै यो विभिन्न समयमा आन्दोलन भइरहेको हो । आन्दोलन हुनुको पछि हाम्रो जिम्मेवारी नहुनु पनि होला । हामी जिम्मेवार भएर देश विकासमा लाग्नुपर्छ ।’

‘हाम्रो घर कमजोर भयो भने वल्लो घर, पल्लो घरकाले आएर राज गर्न थाल्छन् । जुन घटना भयो यो, १२ वटा भाटभटेनी सखाप नै भए । अरु धेरैमा लुटपाट भए । अब यस्तो घटना हुँदैन होला र सबैले वोध गर्दछन् भन्ने विश्वास छ । भाटभटेनिमाथि किन आक्रमण भयो भन्दा कुनै पार्टीलाई भवन बनाइदिने भयो भनेर रे । भाटभटेनीको मूल आफ्नो ट्याक्स पे गरिसकेपछिको पैसा उसले दान गर्न चाहन्छ, त्यही भएर डा. भगवान कोईरालाको नेतृत्वमा बनेको बाल अस्पताल हामीले यही मंसिरमा उद्घाटन गरेर बालबालिका राख्ने सोचमा थियौँ, आन्दोलनले केही ढिला भयो । नेपालमा करोडौँ दिनेकुरा नौलो कुरा हो । विभिन्न जिल्लाका विपन्न व्यक्तिहरुका बालबालिकालाई मैले एमबीबिएस पढाएको छु । टिचिङ अस्पतालमा पनि राम्रै सहयोग गरेका छौँ । भवन बनाइदिएका छौँ । अहिले पार्टीलाई भवन बनाइदियो भन्ने छ । मेरो आफ्नो पर्सनल कुरा हो । सबै पार्टीलाई तपाईंहरु सुध्रिनुस् हामी सहयोग गर्छौं भनेको छु । मूल कुरा पार्टी जस्तो लागेको थियो, अहिले अब जेनजी रहेछ । १० जनासँग किन माग्नु म एक्लैले दिइहाल्छु नि भनेर दिएको हो । त्यसका खातिर यो भोग्नुप¥यो । मैले उहाँहरुसँग लिने होइन, दिने मात्रै हो ।’

उहाँले व्यवसायीहरुले सानो मन गर्न नहुने बताउनु भयो । उहाँले आफूले खोटाङबाट आएर हजारौँलाई रोजगारी दिनसकेको बताउँदै अरुले पनि त्यसैगरी दिनसक्ने बताउनु भयो । नेपालमा धेरै कुराको अवसर रहेको बताउनु भयो ।