१२ असार २०८३, शुक्रबार
,
Latest
अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिका : केप टाउनको संसद् भवनमा आगलागी



अ+ अ-

दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा भीषण आगलागी भएको छ । ग्रिनविच मिनटाइमअनुसार आइतबार बेलुका ०५ः३० मा आगो र धुवाँको ठूलो मुस्लो देखिएपछि अग्निनियन्त्रकहरू भवनमा आइपुगेका छन् ।

संसद्बाहिर मिडियासँग कुरा गर्दै सार्वजनिक निर्माणमन्त्री प्याट्रिसिया डे लिले भन्नुभयो, “केप टाउन सिटी काउन्सिलले पहिले सङ्केत गरेअनुसार यो राष्ट्रियसभा भवनमा आगो लागेको थिएन, पुरानो सभामा आगो लागेको थियो।” उहाँका अनुसार राष्ट्रियसभामा आगो लागेको होइन । 

आगो धेरैजसो नियन्त्रणमा ल्याइएको र घटना के कारणले भयो भनेर पत्ता लगाउन सीसीटीभी फुटेजको समीक्षा भइरहेको उहाँले बताउनुभयो ।

सुरक्षाका लागि मेयरल समितिका सदस्य जिन पियरे स्मिथले ज्वालाले सुरुमा राष्ट्रिसभा भवनको छतलाई ढाकेको बताउनुभएको थियो । “आगो नियन्त्रणमा आउन सकेको छैन र भवनका केही पर्खालमा चर्किएको रिपोर्ट पुष्टि भएको छ”, उहाँले भन्नुभएको थियो । स्मिथका अनुसार प्रारम्भिक रिपोर्टहरूले आगो तेस्रो तल्लाको एक कार्यालयमा सुरु भयो र व्यायामशाला तिर फैलिएको देखाएका थिए । 

न्यूज २४ का अनुसार सुरुमा ३६ दमकललाई घटनास्थलमा पठाइएको थियो । आगो नियन्त्रण गर्ने प्रयासमा अधिकारीहरूले पछि थप स्रोतहरू आह्वान गरेका थिए ।