काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले श्रीमती बिन्दा घिमिरेको नाम तीन लाख घुस काण्डमा मुछिएपछि त्यसको खण्डन गरेका छन् । उनले सो काण्डलाई षड्यन्त्रको संज्ञा दिएका छन् । आफू सो षड्यन्त्रप्रति सचेत रहेको उनले बताएका छन् ।
आज बिहानैदेखि पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती विन्दा घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएको समाचार केही मिडियामा आइरहेका छन् । नर्सिङ काउन्सिल सदस्य जिता बरालले उक्त घुसको कुरा च्याटमार्फत विद्यार्थीसँग गरेकी छिन् र त्यसको भाग घिमिरेलाई पनि दिनुपर्ने भन्दै उनको नाम जोडकी छन् ।
उक्त च्याटअनुसार नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै जिताले एक स्टाफ नर्ससँग तीन लाख रुपैयाँ माग गरेकी छन् । जसमध्ये दुई लाख ५० हजार रुपैयाँ विद्यार्थीले पठाइसकेकी छन् ।
मन्त्री भट्टराईले सामाजिक सञ्जालमा मार्फत जानकारी दिँदै कुनै गल्ती नगरेको सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् । त्यस्तै उनले केही व्यक्तिले गरेको खुराफातिमा सचेत भएको बताएका छन् ।
बाँकी ५० हजार रुपैयाँ परीक्षाफल प्रकाशित भएपछि उठाइदिने दुवै पक्षबीच सहमति भएको देखिन्छ । च्याटमा जिताले नै योगेश पत्नी विन्दासँगको सम्बन्ध राम्रो भएको बताएकी छन् । घुसको बार्गेनिङ गरेको मेसेज च्याट पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।