२२ श्रावण २०८३, शुक्रबार
,
Latest
रोजगारी सिर्जनाका लागि सरकार–निजी क्षेत्र सहकार्य गर्ने राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै सुनचाँदीको मूल्यमा सामान्य वृद्धि सडक विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, समयमै काम नसकिँदा राज्यलाई आर्थिक भारः महानिर्देशक जैसी सडक विस्तारका लागि पोल सार्ने कार्य ८० प्रतिशत सम्पन्न, अवरोध हटाउन प्राधिकरण सक्रिय पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति मुख्य सचेतक थापाको असन्तुष्टि, अधिकार प्रत्यायोजन गर्न माग चीन र दक्षिण एसियाबीच सहकार्य विस्तारमा नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्छ : परराष्ट्रमन्त्री… सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग सर्वोच्चमा पुनरावलोकन भए पनि कांग्रेसको रूपान्तरण अभियान राेकिदैँन: महामन्त्री घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र नै उत्तम व्यवस्था होः मुख्यमन्त्री बानियाँ



इन्द्रबहादुर बानियाँ/फाइल फोटो
अ+ अ-

काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाले संघीय लोकतान्त्रिक गणतन्त्र नै उत्तम व्यवस्था भएको बताउनुभएको छ ।

वागमती प्रदेश सरकारले आईतवार आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रः चुनौती र अवसर अन्तरसंवाद कार्यक्रमका उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गणतन्त्र गरिब जनताको छोरो पनि राष्ट प्रमुख बन्न पाउने व्यवस्था भएको बताउनु भयो । व्यक्ति बदल्न पाउने, दल बदल्न पाउने, मन लागेको पार्टीलाई भोट हाल्न पाउने, मन लागेको उम्मेद्वारलाई भोट हाल्न पाउने यो भन्दा सुन्दर व्यस्वथा यो दुनियाँमा अरु नभएको उहाँको भनाई छ । उहाँले नेपालको वर्तमान संविधानले समावेशी, समानुपातिक र सबैको प्रतिनिधित्वलाई स्वीकार गरेको उल्लेख गर्नुभयो । यद्यपि संविधानमा भएको केही व्यवस्थाका कारण अस्थिरता भने आईरहेको उहाँले बताउनु भयो । त्यसलाई सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अस्थिर र बढ्दो भ्रष्टाचारका कारण भदौ २२ र २३ गते अकल्पनीय जेन–जी विद्रोहको सामाना गर्नुपरेको उहाँको भनाई छ । उहाँले सोचेअनुसारको मुलुक नबनेकोप्रति सबै चिन्तित बनेको उल्लेख गर्नुभयो । लामो समयदेखि उस्तै नेतृत्व र अनुहारले देश चलाउँदा परिवर्तन नभएको उहाँको भनाई छ । देशको परिवर्तन भएको भए नेतृत्व उही भएनी केही फरक नपर्ने उहाँले बताउनु भयो । उहाँले जेन–जी आन्दोलनले नयाँ सरकार बनेकोले सर्वपक्षिय संवादमार्फत निर्वाचन सफल गराउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘व्यक्ति बदल्न पाउने, दल बदल्न पाउने, मन लागेको पार्टीलाई भोट हाल्न पाउने, मन लागेको उम्मेद्वारलाई भोट हाल्न पाउने यो भन्दा सुन्दर व्यवस्था यो दुनियाँमा अरु छ जस्तो मलाई लाग्दैन । यो समावेशी छ, समानुपातिक छ, सबैको प्रतिनिधित्वलाई स्वीकार गरेको छ । सबै वर्ग, समुदाय, सबै भाषाभाषी, सबैको धर्म संस्कृतिको सबैलाई यो व्यवस्थाभित्रको संविधानले समेटेको छ । यहाँभित्र त्यही पनि अस्थिरताका कारण आईरह्यो, यो व्यवस्थाले अस्थिरता ल्याईरह्यो, यो व्यवस्थाभित्र स्थायित्व भएन र भ्रष्टाचार बढ्यो । भ्रष्टाचारको कारणले गर्दा विद्रोह अकल्पनिय विद्रोह भयो । एउटा प्राकृतिक प्रकोप हुन्छ, अर्को अप्राकृतिक प्रकोप हुन्छ, भदौ २२ र २३ गते अकल्पनीय प्रकोप आयो, यो चाहीँ अप्राकृतिक प्रकोप भयो । अहिले यत्रतत्र कुरा आईरहेको छ, जेनजी पुस्ताको पिडा थियो । मुलुक बनेन, सोचेको अनुसार अगाडी बढेन । लामो समय नेतृत्व उस्तै उस्तै अनुहार ।’

‘परिवर्तन नेतृत्वको न देशको । देशको परिवर्तन भए नेतृत्व उही भएनी केही फरक थिएन होला । तर जेनजी पुस्तालाई सामाजिक सञ्जालदेखी लिएर भ्रष्टाचारको कुराले धेरै पिरलेको थियो । हामी सबैलाई पनि थियो तर त्यो किसिमको परिस्थिति कुनै दलको नेताले या दलले त्यसलाई ठिक ढंगले ठिक तरिकाले आवाज उठाउँदै गरेतापनि परिणाम नआएपछि, परिमाण र कुरा संगसंगै गरेर जेनजी पूस्ताले द्रुत गतिमा आफ्ना कुराहरुलाई राख्दा जुन किसिमको परिस्थिति निर्माण भयो, त्यसले नयाँ सरकार अहिले बनेको अवस्था छ । अब हामी संवाद गरेर निर्वाचन कसरी गर्न सकिन्छ, कसरी हुन सक्छ, यही निर्वाचनबाट अगाडी बढ्न सकिन्छ की भन्ने बारेमा खुलेर अन्तरसंवाद हुनेछ ।’

उहाँले आगामी निर्वाचनमा सहभागी हुन जेन–जी पुस्तालाई पनि आग्रह गर्नुभयो । वााग्मती प्रदेशले बनाउने नीतिमा जेन–जी पुस्तालाई समेट्दै आर्थिक अनुशासनमा समेत ख्याल राख्ने उहाँले जानकारी दिनुभयो ।