१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रका सूचकांकहरु सकारात्मक: महँगी घट्यो, लगानी बढ्यो



अ+ अ-

काठमाडौ । मुलुकको अर्थतन्त्रका सूचकांकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८२ को त्रैमासिक प्रतिवेदनमा अर्थतन्त्रका सूचकांकहरु सकारात्मक देखिएका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार महँगीदर घटेको  छ भने मुलुकमा वाह्य लगानी आउने क्रम पनि बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले ३ महिनामा आधारित वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १ दशमलव ४७ प्रतिशत रहेको उल्लेख गरेको  छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २ दशमलव ५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७ दशमलव २० प्रतिशत र ३ दशमलव ४९ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासकोऔसत मुद्रास्फीति १ दशमलव ६७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४ दशमलव २६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ७ दशमलव ७५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३ दशमलव ७१ प्रतिशत र माछा तथा मासुको ३ दशमलव १५ प्रतिशतले बढेको छ ।

तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५ दशमलव ६३ प्रतिशत, मरमसलाको ७ दशमलव ८२ प्रतिशत र दालतथा गेडागुडीको ४ दशमलव ४१ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथासेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्यसूचकाङ्क १५ दशमलव ५१ प्रतिशत, शिक्षाको ७ दशमलव ६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६ दशमलव २९ प्रतिशत,सुर्तीजन्य पदार्थको ४ दशमलव ८४ प्रतिशत र फर्निसिबतथा घरायसी उपकरणको ४ दशमलव ५५ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १ दशमलव २९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिकविन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १ दशमलव ५३ प्रतिशतले बढेको छ ।

चालु खाता १ खर्ब ३० अर्ब बढी रूपैयाँले वचतमा 

नेपाल राष्ट्र बैंककाअनुसार समीक्षा अवधीमा चालु खाता १ खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५४ अर्ब ४१ करोड रूपैयाँले वचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले वचतमारहेको चालु खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब २० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब २० करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १ अर्ब २७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी  अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ७१ करोड रूपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रूपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रूपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले वचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले वचतमा रहेको छ ।

तीन महिनामा विप्रेषण आप्रवाह ५ खर्ब ५३ अर्ब

तीन महिनामा विप्रेषण आप्रवाह ५ खर्ब ५३ अर्ब पुगेको छ । यो विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले बढी हो । त्यसो त, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । २०८२ असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।