२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेपालले पदाधिकारी तथा कार्यकारिणी समिति सदस्य थप गर्ने



अ+ अ-

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले एक उपाध्यक्ष, एक महासचिव र सात कार्यकारिणी सदस्य थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार सात कार्यकारिणी सदस्यहरुको पदपूर्ति गर्दा मधेशी दलित एक, महिला दुई, मुस्लिम एक र खुला तीन रहनेछन् । आगामी केन्द्रीय समितिको बैठकबाट निर्वाचनद्वारा उपरोक्त पदहरुको पदपूति गरिने बस्नेतले बताउनुभयो ।

पदाधिकारी तथा सदस्य थप गरेसँगै जसपा नेपालको पदाधिकारी २१ सदस्यीय र केन्द्रीय कार्यकारिणी समिति ४१ सदस्यीय हुनेछ । जसपा नेपालले केन्द्रीय समितिमा पाँच सदस्य थप गरेको जनाइएको छ ।




भर्खरै