२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै



अ+ अ-

काठमाडौँ । निर्वाचनमा आयोगमा एक सय २२ वटा दल दर्ता भएका छन् ।

आयोगले आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणाका दिन एक सय २२ दल दर्ता थियो भने अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेका छन् । उहाँकाअनुसार  यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन् ।

खारेज भएकाहरुमध्ये एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दलहरु नेतृत्वको आग्रहमा खारेज उहाँको भनाइ छ । उहाँले हाल २८ वटा दल दर्ता प्रक्रियामा रहेको बताउनु भयो । भदौ २७ गते प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो ।  भट्टराईले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भएपनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताउनु भयो । उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागि हुने प्रयोजनको अवधीभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरुले निर्वाचनमा सहभागि हुन पाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामीले मुख्य दुई वटा कामहरु गरिरहेका छौं । एउटा दल दर्ता र अर्को मतदाता नामावलीमा नाम दर्ता गर्ने काम समेत भइरहेको छ । निर्वाचन घोषणा हुने मितिमा जम्मा १२२ वटा दल दर्ता भएको अवस्था थियो । यो बीचमा राजनीतिक दल दर्ता हुने क्रम पनि बढिरहेको छ । र खारेज हुने क्रम पनि बढिरहेको छ । त्यसकारण आजको मितिमा पनि आयोगमा कायम भएका दलहरुको संख्या १२२ नै रहेको छ । यो बीचमा ७ वटा राजनीतिक दलहरु खारेज भए । र त्यत्ति नै संख्यामा राजनीतिक दलहरु थपिए । अहिले २८ वटा दलहरु दर्ता प्रक्रियामा रहेको हुनाले दल दर्ताको लागि कागजात प्राप्त भएको तर दल दर्ताको प्रमाण पत्र नपाईसकेको कारण उहाँहरु दर्ता प्रक्रियामै रहनुभएको छ । दल दर्ताको प्रक्रियामा रहेका विषयमा कानूनबमोजिम कागजात माग्ने र सनाखत गराउने केन्द्रीय समितिको हकमा आयोगको सचिवालयमा र अन्य सदस्यहरुको लागि सम्बन्धीत जिल्ला निर्वाचन आयोगको कार्यालयहरुबाट सनाखत गराउने काम भइरहेको हुनाले यो सबै प्रक्रिया सम्पन्न भइसकेपछि आयोगले कानूनअनुसार निर्णय गर्नेछ ।’

उहाँले मतदाता नामावलीमा नाम संकलनको कार्य जारी रहेको समेत बताउनु भयो । उहाँकाअनुसार मतदाता नामावलीमा नाम संकलन गर्ने कार्य अगामी ५ मंसिरसम्म जारी रहने समेत बताउनु भयो ।

शनिवार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीको लागि आयोगमा पुगेर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचय पत्रबाट आवेदन दिनेको संख्या २ लाख रहेको समेत प्रवक्ता भट्टराईले बताउनु भयो ।