२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री उपस्थित भएको भन्दै प्रदेश प्रमुखद्वारा आह्वान बैठक बहिष्कार



अ+ अ-

काठमाडौँ । मधेसका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत ७ राजनीतिक दलले बहिष्कार गरेका छन् ।

प्रदेश प्रमुख लाभले आज आह्वान गरेको सर्वदलिय बैठकमा ७ दलका नेता कार्यकर्ताहरु सहभागी नभएर बैठक बहिष्कार गरेका हुन् । सर्वदलीय बैठकमा वर्तमान मुख्यमन्त्री सरोजकुमार यादव सहभागी भएकाले अन्य राजनीतिक दलले बैठक बहिष्कार गरेका हुन् । जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले असंवैधानिक रूपमा नियुक्त भई होटेलमा शपथ खाएका वर्तमान मुख्यमन्त्री सो बैठकमा सहभागी भएकाले सात दलीय गठबन्धनले बहिष्कार गरेको बताउनु भयो ।

प्रदेश प्रमुख लाभले मधेसमा देखिएको वर्तमान राजनीतिक संकट समाधान गर्ने अभिप्रायले सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो ।