२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी गरियो लडाकु बनाउन किशोरीको अपहरण…



अ+ अ-

काठमाडौं । प्रतिबन्धित विप्लव समूहले एक १४ वर्षीया बालिकालाई लडाकु बनाउन अपहरण गरेको खुलेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ बाट अपहरणमा परेकी किशोरीको उदयपुरबाट उद्धार गरिएको हो । १४ वर्षीया गरिमा मोक्तानको उद्दारका लागि खटिएका प्रदेश २ का प्रहरीले उक्त समूहको आश्रयस्थल नियन्त्रणमा लिएको हो । लडाकु बनाउन अपहरण गरिएकी मोक्तानको उद्दारका लागि खटिएका प्रदेश–२ का प्रहरीले प्रतिबन्धित चन्द समूहको आश्रयस्थलमा पुगेको थियो । सिन्धुलीको दुधौली–३ की मोक्तानलाई चन्द समूहका लडाकुहरूले बुधबार गौरीखोलाबाट अपहरण गरेको थियो । मोक्तानको गाइगोठ गौरीखोलामा छ ।

गौरीखोला गोठ र दुधौलीस्थित मोक्तानको घरको दूरी २ किलोमिटर छ । बुधबार बिहान गोठमा पुगेका चन्द समूहका लडाकुहरूले गाइगोठमै भात खाएर मोक्तानलाई लडाकू बनाउन सँगै लिएर गएका थिए । मोक्तानलाई चन्द समूहले अपहरण गरेको सूचना पाएपछि प्रदेश–२ बाट प्रहरी परिचालन भएको थियो । त्यस क्रममा ८० जना नेपाल प्रहरी र ३० जना सशस्त्र प्रहरी उद्धारका लागि खटिएको थियो । बिहीबार उदयपुरको कटारी नगरपालिका–१ स्थित खसीबाँसमा रहेको चन्द समूहको आश्रयस्थलमा प्रहरीले अपरेसन गरेर मोक्तानलाई सकुशल उद्दार गरेको प्रदेश–२ प्रहरी प्रमुख डिआईजी प्रधुम्न कार्कीले जानकारी दिए ।

उनका अनुसार त्यहाँबाट चन्द समूहका १४ जना लडाकु पक्राउ परेका छन् । जसमा ८ जना पुरुष र ६ जना महिला रहेका छन् । ‘चन्द माओवादीका लडाकु कमब्याट ड्रेसमै थिए,’ डिआइजी कार्कीले भने, ‘अहिले पनि त्यो ठाउँमा हाम्रो सर्च अपरेसन जारी छ ।’ उनलाई अपहरणकारीले दिउँसो ३ बजे अपहरण गरेका थिए भने त्यसको जानकारी ५ बजे प्रहरीकोमा आएको प्रदेश–२ का डिआइजी कार्कीले बताए । त्यसपछि अपरेसनमा खटिएको प्रहरी टोलीले करिब २४ घन्टाभित्रै किशोरीको उद्धार गरेको हो । उदयपुरको दक्षिण–पश्चिममा पर्ने सिरहासँग सीमा जोडिएको खसीबासको घना जंगल क्षेत्रबाट किशोरीको उद्धार गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ गरेका लडाकुको साथबाट पेस्तोल ३ थान, म्याग्जीन ३, सकेट बम ११ थान, प्रेसर कुकर बम १ थान र दस्तावेज लगायतका सामग्री बरामद गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक प्रमोद खातीले जानकारी दिए । अपहरण गरेर आफ्नो क्याम्पमा राखेर कार्यकर्ताको भूमिका काम गराउन ती युवतीको अपरहण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू विप्लव नेकपाको लडाकु दस्ता रहेको प्रहरीले जनाएको छ । सौर्य दैनिक




भर्खरै