२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना संक्रमणले पहिलो मृत्यु



अ+ अ-

कोरोना भाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एकजनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट भारतको कर्नाटक राज्यका ७६ वर्षीय एक वृद्धको मृत्यु भएको हो । कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक वृद्धको को मृत्यु भएको कर्नाटक राज्यका स्वास्थ्य विभाग प्रमुखले जनाएका छन् । त्यस्तै प्रदेश सरकारका स्वस्थ्यमन्त्री बी श्रीरामुलुले पनि ७६ वर्षीय ति वृद्धको मृत्यु भएको जानकारी दिएका छन् ।

मन्त्री श्रीरामुलुकाअनुसार मृत्यु भएका व्यक्तिमा केही दिनअघिमात्र गरिएको स्वास्थ्य परीक्षणबाट कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसलगत्तै संक्रमित व्यक्तिलाई अलग राखिएर उपचार सुरु गरिएको थियो । सामाजिक सञ्जालमा ट्वीट गर्दै मन्त्री श्रीरामुलुले मृत्यु भएका व्यक्तिले त्यसअघि को–कोसँग भेट गरेका थिए, उनीहरुको समेत खोजी भैरहेको बताएका छन् । तर उनले मृत्यु भएको व्यक्तिको परिचय खुलाएका छैनन् । साउदी अरबबाट फर्किएका उनको मंगलबार राती मृत्यु भएको बताइएको छ।

मृत्यु भएका ती व्यक्ति उपचारका लागि तेलंगनाको अस्पतालमा समेत गएका थिए । त्यसैले यो विषयमा कर्नाटक सरकारले तेलंगाना सरकारलाई पनि जानकारी गराइसकेको समाचार एजेन्सी एएनआईलाई उदृत गर्र्दै बीबीसीले भनेको छ । त्यस्तै बिहीबार भारतले सबै विदेशी मुलुकबाट आफ्नो मुलुकमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ भने दिल्ली सरकारले मार्च ३१ सम्मका लागि सिनेमा हल समेत बन्द गर्ने निर्णय गरेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ७७ पुगेको छ ।




भर्खरै