२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखा समितिमा सांसदहरुको माग- गोकुल बाँस्कोटामाथि छानबिन होस्



अ+ अ-

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिमा पूर्वमन्त्री गोकुल बाँस्कोटामाथि छानबीन हुनुपर्ने माग उठेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका बाँस्कोटामाथि अख्तियारले छानविन गर्नुपर्ने आवाज उठेको हो ।

शुक्रबार बसेको समिति बैठकमा सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोडको कमिसन डिल गर्ने बाँस्कोटामाथि छानबीन गर्न माग गरेका हुन् ।

उक्त अडियो सार्वजनिक भएपछि उनले भने राजीनामा दिएर बसेका छन् । त्यस बारेमा सत्यतथ्य छानविनका लागि अख्तियारलाई जिम्मा दिनुपर्ने माग सांसदहरुले गरेका हुन् ।

‘यति गम्भीर र यति ठूलो मात्रामा घुसको डिल गर्ने तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटोले राजीनामा दिँदैमा उन्मुक्ति दिन मिल्दैन । सत्यतथ्य छानविनका लागि अख्तियारलाई जिम्मा दिनुपर्छ,’ समिति सदस्य समेत रहेका काँग्रेस सांसद तेजुलाल चौधरीको भनाइ छ ।
त्यस्तै सांसदहरुले प्रेस खरिद सम्बन्धि टेण्डरमा अपनाइएको ‘जीटुजी’ प्रकृया नै गलत रहेको भन्दै उक्त प्रकृया समेत बदल्नुपर्ने धारणा राखेका छन् ।

सांसदहरु डा. मिनेन्द्र रिजाल, मोहमद इस्तियाक राई लगायतले प्रेस खरिद प्रकरणबारे समितिमा भएको छलफलमा नयाँ सञ्चारमन्त्री युवराज खतिवडाले समेत जीटुजी प्रकृयालाई राकेर ग्लोवल टेण्डरमा जानुपर्ने बताइसकेकाले हालको प्रक्रिया रोकेर ग्लोवल टेण्डरमा जानुपर्ने सरकारलाई सुझाव दिएका छन् ।

नेकपा सांसद विरोध खतिवडाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा ‘जीटुजी’ (सरकार र सरकारबीच) नभएर ‘सीटुसी’ (कमिसन टु कमिसन) प्रक्रिया अवलम्बन भएको भन्दै व्यङ्गय गरे ।

यस विषयमा तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले ‘कमिसन’ अडियो (एजेन्ट बिजय मिश्रसँग) सार्वजनिक भएपछि फागुन ८ गते राजीनामा दिएका थिए ।