काठमाडौँ । अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्यलाई इन्द्रहाङ राईलाई ८ वर्ष कैदको सजाय तोकेको छ । काठमाडौँ जिल्ला अदालतले निलम्बित केन्द्रीय सदस्यलाई राईलाई बलात्कार मुद्दामा ८ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको हो ।
न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई दोषी ठहर गरेको हो । गत कार्तिक महिनामा तिहारको देउसी खेल्न बोलाएर एक युवतीलाई राईले बलात्कार गरेका थिए ।
जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार राईबाट १ लाख ५० हजार क्षतिपुर्ति भराउन समेत आदेश भएको छ ।