७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

स्काउट–खड्का ल्याण्ड विवादमा काँग्रेस नेता खड्काको स्पष्टिकरणः चार वर्षअघि नै कम्पनीबाट अलग भइसकेको हुँ

स्काउट–खड्का ल्याण्ड विवादमा काँग्रेस नेता खड्काको स्पष्टिकरणः चार वर्षअघि नै कम्पनीबाट अलग भइसकेको हुँ
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्ट कम्पनीको विवाद कानूनी हिसावले आफूसँग नजोडिएको स्पष्टिकरण दिनुभएको छ ।

शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले आर्थिक हिसावले चरम अभाव झेलिरहेको तत्कालीन अवस्थामा सबै संरचनाहरु आफूले सम्हालेको भएपनि चार वर्ष अगाडि नै कम्मपनीबाट आफू अलग भएको दाबी गर्नुभयो । उहाँले स्काउटलाई जग्गाको भाडा नियमित रुपमा तिर्दै आएको भएपनि आफूलाई  तत्कालीन अवस्थादेखि  नै राजनीतिक पूर्वाग्रह राखेर निकाल्न खोजिएको कारण चार वर्ष अगाडी नै आफ्नो नामको शेयर स्वामित्व बेचेर बाहिरिएको बताउनु भयो । खड्का ल्याण्ड आफूले स्थापना गरेको र नामसँग मिल्दोजुल्दो भएकै कारण आफूलाई जोड्ने गरिएको भन्दै उहाँले आपत्ति समेत जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘जतिबेला स्काउट आर्थिक हिसाबले चरम अभावमा थियो त्यतिबेला बनेका संरचनाहरु सम्हाल्नको लागि मलाई खोजेर ल्याएर जिम्मा लाएको हो । त्यतिबेला पनि मैले टेण्डर प्रक्रियामार्फत भाडा तिर्दै आएको हो । त्यो प्रक्रिया नियमित भइरहेको अवस्थामा पछि राजनीतिक पूर्वाग्रहका कारणले त्यहाँबाट निकाल्न खोजियो । म किन निस्कने भन्दाखेरी बत्ति काटियो । त्यो सबै काम राजनीतिक पूर्वाग्रहको कारणले भएको थियो कुनै लेनदेनको हिसाबले थिएन । पछि कोरोनाको प्रकोप आयो । त्यस समयमा सबैले छुट पाए । त्यो कम्पनीले छुट पाएन । त्यसको भाडा विवाद थियो केही अझैसम्म पनि छ । यी सबैकुरा पनि म आजभन्दा चार वर्ष अगाडि त्यो कम्पनीबाट अलग भएर त्यहाँको सबै कुरा मिलाएर गरी खानुस भने कम्पनीका अरु साथिहरु लाई जिम्मा लगाएर हिँडेको हो । खड्का ल्याण्ड कम्पनीसँग मेरो कुनै सलग्नता नै छैन । त्यतिखेर मैले स्थापित गरेको र मेरो नामसँग सम्बन्धीत विषय भएको कारण मान्छेहरुले त्यसमा मलाई जोडिरहेको अवस्था हो ।’

काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा नेता खड्का संलग्न कम्पनीले  निर्माण गरेका संरचनामा काठमाडौं महानगरपालिकाले बिहीवार डोजर लगाएर भत्काएको थियो । खड्काले  स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको भएपनि लामो समयदेखि भाडा नतिरेको भन्दै महानगरले डोजर चलाएको हो ।